काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

९ असोज, दाङ । काठमाडौं बाट सुर्खेतका लागि हिडेको बस दाङमा दुर्घटनामा परी परेको छ । बस दुर्घटना बाट बसमा सवार १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ भने केही सामान्य घाइते भएका छन् । बाँकी यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । बसमा करिब ३०/३५ जना सवार रहेको सवार थिए ।

दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार