बर्दगोरिया-४ मा दशैको अवसरमा बृहत देउडा खेल सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा दशैको अवसरमा बृहत देउडा खेल खेलिएको छ ।

विहिवार श्री नवदुर्गा कालिका मन्दिर सुन्दरपुरको आयोजना मा उक्त देउडा खेल सम्पन्न भएको नव दुर्गा कालिका मन्दिरका अध्यक्ष जंग बहादुर विश्वकर्माले बताए ।

उनले भने – ‘हामीले हरेक वर्ष असोज शुक्ल पक्षको त्रयोदशी दिन आफ्नो परम्परागत रीतिरिवाज अन्तर्गत नव दुर्गामातालाई राँगाको बलि चढाउने गर्ने गर्छौ । उक्त परम्परागत अनुसार आज पनि हामीले नव दुर्गामातालाई राँगाको बलि चढाएका हौं । सोही कार्यक्रमको अवसर पारी आज दिनभर वृहत् देउडा खेलको समएत आयोजना गरेका हौं । हाम्रा पुर्खाले हामीलाई हस्तान्तरण गरेको परम्परागत रीतिरिवाज लाई जगेर्ना गर्नुका साथै पुस्ता हस्तान्तरण लाई समेत ध्यानमा राख्दै देउडा खेल कार्यक्रम गरेका हौँ ।’

कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीको समेत सहभागिता रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार