मुख्य समाचार

विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थानीय द्वारा ट्रकमा आगजनी

विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थानीय द्वारा ट्रकमा आगजनी

विराटनगर आइतबार बिहान ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा पर्ने बरगाछीमा आइतबार आज बिहान उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि आक्रोसित स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग जलेको छ । स्थानीयले ट्रकमा लगाइदिएको आगो दमकलको सहयोगमा प्रहरीले…
पुरा पढ्नुहाेस्
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्दै

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बैठक  बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने गरी तय गरिएको सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार बैठक  दुई दिनसम्म चल्नेछ । बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ । समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ । माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका…
पुरा पढ्नुहाेस्
एसीसी महिला प्रिमियर कप क्रिकेट; नेपालको लगातर दोस्रो जित

एसीसी महिला प्रिमियर कप क्रिकेट; नेपालको लगातर दोस्रो जित

काठमाडौँ । नेपालले भुटानलाई आठ विकेटले पराजित गरेको छ । यो सङ्गै मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको हो । जस अनुसार नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गरेको हो । यसअघि आफ्नो पहिलो खेलमा नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो ।
पुरा पढ्नुहाेस्
तीन संसदीय समितिको बैठक आज बस्दै

तीन संसदीय समितिको बैठक आज बस्दै

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएका छन । जसअनुसार बिहान १० बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा अध्यागमनमा देखिएको समस्या, मानव तस्करी र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने भएको छ । त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ । दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गौतम बुद्धको अस्ति धातु समाधिस्थ गरिएको रामग्राम क्षेत्रमा उत्खनन तथा बौद्ध स्तुपा निर्माण लगायतका विषयमा लुम्बिनी विकास कोष र द प्रमिसड ल्याण्ड प्रा.लि.बीच भएको समझदारसम्बन्धमा छलफल हुनेछ ।
पुरा पढ्नुहाेस्
कैलाली ज्ञान ज्योति इङ्गलिस बोर्डिङ स्कुलको १४ औं वार्षिक उत्सब

कैलाली ज्ञान ज्योति इङ्गलिस बोर्डिङ स्कुलको १४ औं वार्षिक उत्सब

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री कैलाली ज्ञान ज्योति इङ्गलिस बोर्डिङ स्कुलको १४ औ वार्षिक उत्सब तथा अभिभावक दिवस २०८० आज सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर सिंह भण्डारीको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भोलीराम चौधरी रहेका थिए । यस्तै विशिष्ट अतिथि वडा नम्बर ५ का वडा सदस्य नैन बहादुर चौधरी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भोलीराम चौधरीले सहर बजार तिर रहेका बिधालय जस्तै गाउँ तिर रहेका बिधालय पनि विभिन्न…
पुरा पढ्नुहाेस्
नमुना ग्रामीण विद्युत स.संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न

नमुना ग्रामीण विद्युत स.संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न

बर्दगोरिया । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको नमुना ग्रामीण विद्युत सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष भिम बहादुर जपालिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी शाहिले वडा नम्बर ४ को बिकास र समृद्धिका लागी आफू दिनरात नभनी निरन्तर लागी रहेको बताए । कसैको गुनासो या सुझाव भए आफुलाई आएर भन्न आग्रह गर्दै सामाजिक संजालको दुरुपयोग नगर्न र वडा नम्बर ४ लाई सामाजिक संजालमा बदनाम नग्रन समग्र वडा बासी युवाहरुमा अपिल…
पुरा पढ्नुहाेस्
चिनी उद्योगीहरूको सिण्डिकेट नियन्त्रणको माग; वाणिज्य तथा आपूर्तिमन्त्री रिजाललाई बुझाइयो ज्ञापनपत्र

चिनी उद्योगीहरूको सिण्डिकेट नियन्त्रणको माग; वाणिज्य तथा आपूर्तिमन्त्री रिजाललाई बुझाइयो ज्ञापनपत्र

काठमाडौँ ।  चिनी उद्योगीहरूको सिण्डिकेट नियन्त्रणको माग गर्दै राष्ट्रिय उपभोक्ता मञ्चले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाएको छ । चिनीको उत्पादनको मौसममा समेत स्वदेशी चिनी उत्पादकहरूले सिण्डिकेटिंग र कार्टेलिंग गर्दै लागत मूल्य जम्मा ८५ मात्र हुँदा पनि थोकमा नै ९३ रुपैयाँ प्रति किलोमा बिक्री गर्ने गरेको र उपभोक्ताको झोलासम्म पुग्दा काठमाडौँको सहरी क्षेत्रमा नै १०० रुपैयाँमा खरिद गर्नु पर्ने बाध्यता भएकोले सरकारलाई गम्भीर हुन मञ्चले आग्रह गरेको छ । साल्ट ट्रेडिंग कर्पोरेशनले खरिद गरी भण्डारण गरे बापत कम्पनीको लागत मूल्य बराबरको रकममा लाग्ने बैंक व्याज अनुदान स्वरूप नेपाल सरकारले दिने व्यवस्था गरी दिएमा उद्योगीहरूको गैर कानुनी सिण्डिकेटिंग टोडिनुको साथै…
पुरा पढ्नुहाेस्
त्रिविले उल्ट्यायो आफैले गरेको निर्णय दुईदिन नबित्दै

त्रिविले उल्ट्यायो आफैले गरेको निर्णय दुईदिन नबित्दै

कैलाली ।  यही माघ २३ गते मंगलबार त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह व्यवस्थापन सङ्काय चौथो सत्रान्तको परीक्षा केन्द्र सार्वजनिक गर्यो । दुई दिन नबित्दै सो केन्द्र सच्चाइएको अर्को सूचना जारी गर्यो । सच्याइएको केन्द्रमा कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको परीक्षा केन्द्र सोही नगरपालिकाको सुखडमा रहेको राष्ट्रिय कलेज सारियो । ५ सय मिटरको समेत दूरी छैन यी दुई क्याम्पस बिच । तर त्रिविलाई के त्यस्तो आपत आइपर्यो र आफै गरेको निर्णय दुई दिन नबित्दै उल्टाउनु पर्यो ।   दुई क्याम्पस बिच खिचातानी “आज घोडाघोडी बहुमुखी क्याम्पसमा राष्ट्रिय योजना आयोगका सदस्य डा.राम फुयाल आएछन । के स्थानीय दल नचाहिने रहेछ त ? घोडाघोडी बहुमुखी क्याम्पसको हिसाब काठमाडौंमा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा कार्यरत सेवा निवृत्त गगन सिंह विष्टको बिदाइ

बर्दगोरिया-६ मा कार्यरत सेवा निवृत्त गगन सिंह विष्टको बिदाइ

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा कार्यरत गगन विष्ट को बिदाइ गरिएको छ । बि.स २०४६ साल देखि नेपाल सरकारको नीति अनुसार करार मार्फत राष्ट्रिय सेवक कर्मचारी हुँदै हाल वडा नम्बर ६ को कार्यालयमा कार्यरत सेवा निवृत गगन सिंह बिष्ट को आज एक भव्य कार्यक्रमका बीच वडा नम्बर ६ ले बिदाइ गरिएको हो । उनले नेपाल सरकारको नीति अनुसार आफ्नो कार्यकाल रहेसम्म निडर्ता पुर्वक, निस्वार्थ, कर्तव्य निष्ट भइ आफ्नो दायित्व निर्वाह गरेको र राष्ट्र सेवक कर्मचारी हुँदै राष्ट्रका लागि दिएको अमुल्य योगदानको उच्च मुल्यांकन गर्दै आज बिदाइ कार्यक्रमको आयोजना गरेको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ६ मा माघी मेला व्यवस्थापनका लागि समिति गठन, अध्यक्षमा सीप प्रसाद डंगौरा

बर्दगोरिया ६ मा माघी मेला व्यवस्थापनका लागि समिति गठन, अध्यक्षमा सीप प्रसाद डंगौरा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा माघी मेला सम्बन्धि व्यवस्थापन समिति गठन गरिएको छ । शुक्रबार वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुको अध्यक्षतामा भएको भेला बाट माघी मेला संचालनका लागि समिती गठन गरिएको हो । जसको अध्यक्षमा सीप प्रसाद डगौरा सर्वसम्मत चयन भएका हुन । चौधरीको अध्यक्षतामा ११ सदस्यीय कमिटी समेत गठ्न गरिएको छ । जसको सचीवमा दिपेन्द्र बोहरा, सचीवमा कुमारी चौधरी चयन भएका हुन । उक्त समिति माघी मेला संचालनको लागि मात्र गठ्न गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले जानकारी दिए । यस्तै सोही भेला बाट मोहन्याल आधारभुत बिधालय…
पुरा पढ्नुहाेस्