श्री जम्नेहेटा सा.व.उ. समूहको १३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न
बौनिया । श्री जम्नेहेटा सामुदायिक वन उपभोक्ता समूहको १३ औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष तेतराम चौधरीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका ६ नं का वडा सदस्य अमर सिंह दहित रहनु भएको थियो । विशिष्ट अतिथिमा सब डिभिजन वन कार्यालय सुखडका प्रतिनिधि ज्ञानु चौधरी रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले वन संरक्षणमा सबै एकजुट भएर लाग्न उपस्थित सबै आम उपभोक्तालाई आग्रह गरे, वन जङ्गल जोगाउनु हामी सबैको दायित्व हो जसमा तपाईँ हामी सबै मिली यसको संरक्षणमा जोड दिनु पर्छ । वनकी कोषाध्यक्ष अनुराधा चौधरीले स्वागत मन्तव्य सँगै सार्वजनिक…
















