मुख्य समाचार

मौसम पूर्वानुमान, चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली  रहेको  छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। यस्तै आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया…
पुरा पढ्नुहाेस्
डोटीमा  एक जना मृत अवस्थामा फेला

डोटीमा  एक जना मृत अवस्थामा फेला

कैलाली । डोटीको जोरायल गाउँपालिकामा एक जना मृत अवस्थामा फेला परेका छन्। समाचार स्रोतका अनुसार मृत्यु हुनेमा जोरायल गाउँपालिका-६ कि स्थानीय वासी ६४ वर्षीय यज्ञबहादुर छेडाल रहेका छ्न । उनी आइतवार मृत अवस्थामा फेला परेका हुन्। दहदेखि होलिसैन जाने गोरेटो बाटोदेखि अन्दाजी २५ फिट तल खोल्सोमा छेडाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। यस  सम्बन्धमा ईलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहाेस्
बिहिवार सुनको मूल्य ६ सय रुपैयाँले घट्यो

बिहिवार सुनको मूल्य ६ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा पहेलो धातु सुनको मूल्य घटेर कारोबार भएको छ । बिहीबार आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँ घटेर एक लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने बढेर कारोबार भएको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर एक हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
पुरा पढ्नुहाेस्
नयाँ आधार नेपाल मनायो आफ्नो पहिलो जन्मोत्सव

नयाँ आधार नेपाल मनायो आफ्नो पहिलो जन्मोत्सव

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको नयाँ आधार नेपाल आफ्नो पहिलो जन्मोत्सव तथा नव वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम मनाएको छ । बिहिवार बर्दगोरिया गाउँपालिका वडा नम्बर १ स्थित आफ्नो केन्द्रिय कार्यालयमा नै उक्त पहिलो जन्मोत्सव तथा नव वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम मनाएको हो । कार्यक्रममा प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम रहेका थिए भने विशिष्ट अतिथी वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बिक रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले आफुले आउदो आर्थिक वर्ष सम्म भवन…
पुरा पढ्नुहाेस्
काङ्ग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लियो

काङ्ग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन नेपाली काङ्ग्रेसले फिर्ता लिएको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय गरे सँगै काङ्ग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको हो । बैठकले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।
पुरा पढ्नुहाेस्
नेकपा एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

नेकपा एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

काठमाडौं । नेकपा एमालेले आफ्नो प्रमुख सचेतकमा महेश बर्तौला मनोनित गराएको छ। एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि पार्टीले बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो । संसदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् । यस्तै  सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् ।
पुरा पढ्नुहाेस्
त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला: फाइनल खेलमा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै

त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला: फाइनल खेलमा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा आज मंगलबार नेपालले नेदरल्यान्ड्सको सामना गर्दै छ । खेल आज कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः३० बजे बाट शुरु हुनेछ । लिग चरणमा सबै टोलीले चार–चार खेल्दा नेदरल्यान्ड्स पाँच अंकसहित पहिलो, नेपाल चार अंकसहित दोस्रो र नामिबिया तीन अंकसहित तेस्रो भएका थिए । लिग चरणको खेलपछि तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान रहेको थियो । नामिबिया भने लिग चरणबाटै बाहिरिएको थियो । अघिल्ला दुवै खेलमा पराजित भएको नेपाली टोली पछिल्ला दुई खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै शृङ्खलाको फाइनलमा पुग्न सफल भएको हो । आफ्नो पहिलो खेलमा…
पुरा पढ्नुहाेस्
बसको ठक्करबाट चितवनमा बालकको मृत्यु

बसको ठक्करबाट चितवनमा बालकको मृत्यु

भरतपुर (चितवन) । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । गएराति भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । माडी नगरपालिका–८ बस्ने चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको थियो । घटनामा बसमा सवार भरतपुर–७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएका थिए । रासस
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान: सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात

मौसम पूर्वानुमान: सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात

काठमाडौं । हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रही  बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली…
पुरा पढ्नुहाेस्
जसपा पनि सरकारमा सहभागी हुने तयारीमा

जसपा पनि सरकारमा सहभागी हुने तयारीमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पनि नयाँ समीकरणअनुसार गठन हुन लागेको सरकारमा सहभागी हुने तयारीमा रहेको छ । जस अनुसार अहिले नयाँ गठबन्धन, सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्न जसपा कार्यकारिणी समितिको बैठक जारी छ । बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसिरहेको एक नेताले जानकारी दिए । नयाँ समीकरणअनुसार बनाइने सरकारमा जसपाले तीन मन्त्रालयमा दाबी गरेको सो पार्टीका एक सांसदले जानकारी दिए । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणका साथ सरकार बनाउने गरी पछिल्लो समय राजनीतिक घटनाक्रम विकास भएको छ
पुरा पढ्नुहाेस्