बर्दगोरिया ३ मा प्रसुती गृहको उद्घाटन, छिट्टै एम्बुलेन्स उपलब्ध गराउछु : अध्यक्ष कुँवर
बर्दगोरिया । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको रानीकुण्डा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूति गृहको उद्घाटन गरिएको छ । आईतवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सो प्रसुती गृहको उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कुँवरले नागरिकका समस्यानै आफ्ना समस्या भयको बताउदै कुनैपनि नागरिकलाई आधारभूत सेवा-सुबिधा र अधिकारबाट बञ्चित हुन नदिने बताउनु भयो । पालिका अध्यक्ष कुँवरले भन्नुभयो पिछडिएको वडाको रुपमा रहेको ३ नम्बर वडालाई बिकास गर्न आफू निरंतर लागी परेको छु । साथै यश क्षेत्रका जनताले समस्या भोग्न नपरोस् भन्दै चाडै एम्बुलेन्स उपलब्ध गराउने बताउनु भयो । नव निर्मित प्रसुति भवनको उद्घाटन गर्दै अध्यक्ष कुँवरले बर्थिङ…














