
बर्दगोरिया-१ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं १ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा सामाजिक बिकास समिती संयोजक मिथुन गौतमको उपस्थितिमा शुक्रबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो । पूर्णखोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत घरधुरी सर्वेक्षणसमेत गरिएको वडा अध्यक्ष गौतमले बताएका छन् । कार्यक्रममा “खोप नि:शुल्क पाईन्छ”, “खोप सुरक्षित हुन्छ” र “खोपले जीवन रक्षा गर्छ” जस्ता नारासहित खोपको महत्वबारे जानकारीमूलक सन्देश प्रस्तुत गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष मिथुन गौतमले वडा नम्बर १ ले आफ्ना सबै बालबालिकालाई खोपको माध्यमबाट सुरक्षित गरेर एक…