कैलाली र कञ्चनपुरमा आँखा सम्बन्धी समस्याका बिरामीको चाप बढ्दो

कैलाली । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा आँखा सम्बन्धी समस्या गराउने कन्जक्टिभाइटिस भाइरलको संक्रमण फैलिएको छ ।

प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उक्त आँखा सम्बन्धी समस्या गराउने कन्जक्टिभाइटिस भाइरलको संक्रमण फैलिदै गएको हो ।

आँखा सम्बन्धी समस्या गराउने कन्जक्टिभाइटिस भाइरलको संक्रमण बढ्दै गएपछि आँखा अस्पताल तथा उपचार केन्द्रमा बिरामीहरुको भीड बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

चिकित्सकका अनुसार हाल आँखा पाक्ने समस्याका कारण कैलाली स्थित गेटा आँखा अस्पतालसहित धनगढी, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी दोधाराचाँदनी लगायतका स्थानमा रहेका आँखा उपचार केन्द्रमा कन्जक्टिभाइटिस भाइरलका समस्या लिएर आउने बिरामीको चाप बढ्दै गएको छ ।

यो सामान्य किसिमको भाइरल भएकाले एकदेखि डेढ हप्तासम्म आफै निको हुने गर्दछ । कुनै व्यक्तिमा यो समस्याका रुपमा देखिन सक्ने भएकाले सचेत रहन समेत चिकित्सकले आग्रह गरेका छन् ।

यस्तै भाइरलको संक्रमण भएको समसयमा ब्याक्टेरियल इन्फेक्सन को जोखिम हुने भएकाले आँखा चेकजाँच गराएर मात्रै एन्टिबायटिक औषधी खान सुझाव दिएका छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार