डेङ्गु रोग नियन्त्रणका लागि बर्दगोरिया-५ मा सचेतनामुलक कार्यक्रम

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भा खोडेङ्गु रोग नियन्त्रणका लागि बर्दगोरिया-५ मा सचेतनामुलक कार्यक्रमज र नष्ट गर’ अभियान अन्तर्गत सचेतिकरण कार्यक्रम गरिएको छ ।

वर्षातको समयमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै पालिकाको स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ५ को सामुदायिक स्वास्थ्य इकाईले लार्भा खोज र नष्ट गर अभियानस्वरुप वडाका विभिन्न होटेल, पसल, ग्यारेज लगाएतका स्थानको अनुगमनगरि संचालकलाई डेङ्गु रोग र यसको नियन्त्रण बारे सचेतिकरण गरिएको छ ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि उक्त रोग फैलन सक्ने भएकाले समयमा नै रोकथाम तथा नियन्त्रण गर्न टोल–टोलमा डेङ्गीबाट बच्ने सन्देशसहितको कार्यक्रम गरिएको सामुदायिक स्वास्थ्य इकाई प्रमुख चौधरीले बताउनुभयो भयो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेबीका, स्वास्थ्यका कर्मचारी ,स्थानीय जनप्रतिनिधि लगाएतको उपस्थिति थियो ।

कस्तो हुन्छ डेङ्गुको लक्षण ?

एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्छ। यो रोग लाग्दा ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखा पर्दछ।

असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखा पर्न सक्छ । डेङ्गु ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ। डेङ्गु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ ।

डेङ्गुबाट बच्ने उपाय के हुन ?

यो रोगबाट बच्न मुख्यतया लामखुट्टेको टोकाइबाट बच्नु हो। यसका लागि लामखुट्टे बस्ने स्थान जस्तै गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न दिनु हुँदैन।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार