
बर्दगोरियामा डेंगी रोग सङ्क्रमणको जोखिम उच्च, दोदोधरा अस्पतालले गर्यो लाम्खुट्टेको लार्भा खोज तथा नष्ट
बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको दोदोधरा अस्पतालले पालिकामा डेंगी रोग सङ्क्रमणका बिरामीहरु बढ्न थाले पछि लाम्खुट्टेका लार्भा खोज तथा नष्ट गर्ने अभियान संचालन गरेको छ । जस अनुसार सोमबार आज अस्पतालले वडा नम्बर २ मा रहेको दोघरा आधारभूत स्वास्थ्य चौकी सङ्ग सहकार्य गर्दै पालिकाको वडा नम्बर १ र २ जोड्ने बौनिया बजारमा लाम्खुट्टेका लार्भा खोज तथा नष्ट गर्ने अभियान संचालन गरेको थियो । डेंगी रोग र यसको संक्रमण बारे दोदोधरा अस्पतालका जनस्वास्थ्य निरीक्षक युजिन कुस्मीले नौलो प्रेस सङ्ग कुरा गर्दै यस्तो बताए; “बर्दगोरिया गाउँपालिकाका किट जन्य रोग तथा झाडापखाला जन्य रोगहरुको जोखिममा रहेको छ,…