फिचर

वैदेशिक रोजगारीमा गएका थप १४७९ जनाले गुमाए अकालमै ज्यान

वैदेशिक रोजगारीमा गएका थप १४७९ जनाले गुमाए अकालमै ज्यान

काठमाडौं । रोजगारीमा गएका थप १४७९ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७८–७९ मा वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका १४७९ जनाले आफ्नो अकालमै ज्यान गुमाएका छन् । बिरामी, आत्महत्या, सडक दुर्घटना लगायतका कारणबाट उनीहरूको ज्यान गएको मानव अधिकार आयोगले जनाएको छ । आयोगको तथ्यांकअनुसार मलेसिया र खाडी मुलुकमा अधिक नेपालीको मृत्यु हुने गरेको पाइएको छ । यी मुलुकमा मृत्युदर झण्डै ७५ प्रतिशतको हाराहारी रहेको तथ्यांकमा उल्लेख छ । कुल संख्यामध्ये वैदेशिक रोजगारीमा गएका १०५ जनाले आत्महत्या गरेकोसमेत तथ्यांकमा उल्लेख छ । –न्युज कारखाना
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान : पहाडमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने

मौसम पूर्वानुमान : पहाडमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ । आज दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ। राती प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ। तराईका केही भू–भागमा बिहानीपख हुस्सु लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पुरा पढ्नुहाेस्
बौनिया जेसीजको सप्ताह कार्यक्रम सुरु

बौनिया जेसीजको सप्ताह कार्यक्रम सुरु

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जेसीज सप्ताह सुरु भएको छ। बौनिया जेसीजको आयोजनामा बिहिवारदेखि सप्ताह सुरु भएको हो । सप्ताहको एक कार्यक्रमका बिच बौनिया जेसीजका संस्थापक अध्यक्ष लिला जङ्ग शाहीले उद्घाटन गरेका छ्न । बौनिया जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी कृष्ण प्रसाद ओझाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै संस्थापक अध्यक्ष शाहीले अब यूवाहरुले आफ्नो नेतृत्व र ब्यक्तित्व विकाससँगै समाज परिवर्तनका लागि सकारात्मक कार्य गर्नुपर्ने बताए ।उनले दिनप्रतिदिन बढ्दो लागु औषध दुर्व्यसनीमा फसेका यूवाहरुलाई सकारात्मक कार्य गर्न चेतनामूलक कार्यक्रम गर्नुपर्नेमाजोड दिए । उनले यसअघि नेतृत्वले गरेका काम र गतिविधिलाई निरन्तरता दिदै पूरा गर्न नसकेको विकासका…
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री देउवा द्वारा उधौली पर्वको शुभकामना

प्रधानमन्त्री देउवा द्वारा उधौली पर्वको शुभकामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्बृद्धिको शुभकामना व्यक्त गरेका छन् । उधौली पर्वका अवसरमा शुभकामना दिँदै उनले यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । किराँत समुदायमा जाडो मौसम सुरु भएछि हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरू भई १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको छ । यस पर्वका अवसरमा किराँत समुदायका मूलतः राई, लिम्बू, याख्खा र सुनुवारले नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गर्ने गरिन्छ ।…
पुरा पढ्नुहाेस्
डोटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते

डोटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते

कैलाली । डोटीमा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन्। मंगलबार जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ बटाला गाउँमा चितुवाले आक्रमण बाट पाँच जना घाइते भएका हुन । घाइते हुनेमा ४५ वर्षीया देवी बटाला, उनका ४ वर्षका नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लालि गिरी र १० वर्षीया हसिना गिरी रहेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार चार वर्षीया बालक सिद्ध बटाला घरको आगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो। स्थानीयले होहल्ला गर्दै भगाए। तर जंगलबाट घर फर्किरहेकाहरुलाई चितुवाले फेरि आक्रमण गरेको हो। उनीहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको  छ । उनीहरु सबैको…
पुरा पढ्नुहाेस्
तराई  भू-भागमा कुहिरो; देशका अधिकांश भू-भागमा चिसो बढ्दै

तराई  भू-भागमा कुहिरो; देशका अधिकांश भू-भागमा चिसो बढ्दै

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज बिहान देशको पहाडी  भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ । यस्तै दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी  भू-भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी  रहनेछ । राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। तराई  भू-भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पुरा पढ्नुहाेस्
समानुपातिक विकासको पहरेदार; नन्द बहादुर साउँद

समानुपातिक विकासको पहरेदार; नन्द बहादुर साउँद

बर्दगोरिया । सुदुरपश्चिम प्रदेश सरकारका पुर्व साङ्सद नन्द बहादुर साउँद (राजेन्द्र) लाई राजनितिक बृत्तमा शालिन ब्यक्तिका रुपमा चिन्ने गरिन्छ । शान्त र शालिन स्वभावका साउँदलाई विकासशिल चेत भएका व्यक्तिका रूपमा चित्रण गर्ने गरिन्छ । साउँद यसपटक पुन प्रदेश सभा सदस्यमा दोहोरीने तयारीमा छन । मङ्सिर ४ गते हुने आम निर्वाचनमा प्रदेश सभा सदस्यका लागि बाम-लोकतान्त्रीक गठबन्धनबाट उनी साझा उम्मेदवारका रूपमा छ्न । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवारी दिएका साउद कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ निवासी  हुन । उनलाई यहाँका नागरिकले बिकासबादी नेताका रुपमा हेर्दै आएका छन । बि.सं. २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट एमाले र माओवादीको…
पुरा पढ्नुहाेस्
केपी ओलीको बयलगाडा प्रवृत्तिविरुद्ध वाम लाेकतान्त्रिक गठबन्धनः श्रेष्ठ

केपी ओलीको बयलगाडा प्रवृत्तिविरुद्ध वाम लाेकतान्त्रिक गठबन्धनः श्रेष्ठ

अछाम । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे बयलगाडा प्रवृत्ति विरुद्ध वाम लाेकतान्त्रिक गठबन्धन बनेको बताएका छन् । बयलगाडा प्रवृतिले दुईपटक संविधान विघटन गरेर देशलाई प्रतिगमनतिर धकलेपछि शान्तिप्रक्रियाका मुख्य नेताहरूले तथा पार्टीले देशलाई अग्रगमनतिर लैजान एक भएकाे श्रेष्ठले बताए । शनिबार अछामकाे कमलबजारमा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै श्रेष्ठले प्रतिगमन विरुद्ध लड्ने क्रममा गठबन्धन जन्मिएको बताउँदै श्रेष्ठले चुनावपछि सातवटै प्रदेश र संघीय सरकार बनेर विकाश र समृद्धि बाटाेमा देशलाई अघि बढाउने बताए । श्रेष्ठले अब बन्ने गठबन्धन सरकारले शान्तिप्रक्रियाका बाकी कामकाे टुंगो बताउदै द्वन्द्वपीडितलाई न्याय दिने बताए । त्यस्तै गठबन्धन सरकारले कमलबजारकाे विमानस्थल संचालनमा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा वडा स्तरीय फुटबल प्रतियोगिता शुरु

बर्दगोरिया-५ मा वडा स्तरीय फुटबल प्रतियोगिता शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता सुरु भएको हो । सहयोगी बेलुवा युवा कल्बको आयोजनामा सुरु भएको प्रतियोगिताको बिहिवार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका छ्न । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष कुवरले बर्दगोरियालाई खेलकुद र खेलाडीको वृद्धि विकासका लागि आफुले विशेष काम थाल्ने बताए । उनले बर्दगोरियामा खेलकुदको विकास गरि दक्ष खेलाडी उत्पादनका लागि आफुले नैतिक भौतिक रूपमा सहयोग गर्ने बताए । क्लबका अध्यक्ष महेश रावलको सभाध्यक्षतामा भएको कार्यक्रममा सडकपुर बौनिया युवा क्लबका अध्यक्ष जीवन…
पुरा पढ्नुहाेस्
गठबन्धनलाइ विजयी गराउन उम्मेदवार सङ्गै पुर्वमन्त्री राठौर पनि घरदैलोमा (फोटोफिचर)

गठबन्धनलाइ विजयी गराउन उम्मेदवार सङ्गै पुर्वमन्त्री राठौर पनि घरदैलोमा (फोटोफिचर)

लम्कीचुहा । नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा पुर्वमन्त्री मोहन सिंह राठौर पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा सक्रिय बनेका छ्न । जनताको विकास र समृद्धि तथा संविधानको रक्षाको निम्ति देशमा पाँच दलिय गठबन्धनको जित आवश्यक रहेको भन्दै उनी घरदैलो अभियानमा लागिपरेका हुन । आइतबार कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) मा बाम लोकतान्त्रिक गठबन्धनद्वारा लम्कीचुहाका विभिन्न स्थानमा जनताको घरदैलोमै पुगि साझा उम्मेदवारलाई भारी मतले जिताउन उनले आग्रह गरे । घरदैलो अभियानमा बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार भगत बहादुर बडुवाल, प्रदेश सभा सदस्य नन्द बहादुर साउद, समानुपातिक उम्मेदवार पुजा बुढामगर संगै…
पुरा पढ्नुहाेस्