
विव्यस अध्यक्ष जैशीको पहलमा भैरव माल मा.बि जाने काठेपुल निर्माण र मर्मत कार्य जारी
मोहन्याल । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री भैरव माला माध्यमिक विद्यालय सुगरखाल जाने बैकल्पिक काठेपुलको मर्मत तथा निर्माण कार्य जारी रहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र जैशीको नेतृत्वमा स्थानीय वासीको श्रमदान मार्फत बुधबार देखि पुराना काठेपुल मर्मत तथा आवश्यकता अनुसार नयाँ काठेपुल निर्माण कार्य जारी रहेको हो । अध्यक्ष जैशीका अनुसार विद्यालय सम्म पुग्नका लागि निर्माण भएका पुराना काठेपुलहरु जिर्ण अव्यवस्था रहेको र केही ठाउँमा नयाँ पुल नै निर्माण गर्नु पर्ने अवस्थामा भएकोले विद्यार्थीहरुलाई विद्यालय सम्म जान निकै समस्या भएको थियो । उक्त समस्यालाई समाधान गरी विद्यार्थीहरुलाई सहज रुपमा विद्यालय सम्म सहजहोस भनी…