विव्यस अध्यक्ष जैशीको पहलमा भैरव माल मा.बि जाने काठेपुल निर्माण र मर्मत कार्य जारी

मोहन्याल । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री भैरव माला माध्यमिक विद्यालय सुगरखाल जाने बैकल्पिक काठेपुलको मर्मत तथा निर्माण कार्य जारी रहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र जैशीको नेतृत्वमा स्थानीय वासीको श्रमदान मार्फत बुधबार देखि पुराना काठेपुल मर्मत तथा आवश्यकता अनुसार नयाँ काठेपुल निर्माण कार्य जारी रहेको हो ।

अध्यक्ष जैशीका अनुसार विद्यालय सम्म पुग्नका लागि निर्माण भएका पुराना काठेपुलहरु जिर्ण अव्यवस्था रहेको र केही ठाउँमा नयाँ पुल नै निर्माण गर्नु पर्ने अवस्थामा भएकोले विद्यार्थीहरुलाई विद्यालय सम्म जान निकै समस्या भएको थियो । उक्त समस्यालाई समाधान गरी विद्यार्थीहरुलाई सहज रुपमा विद्यालय सम्म सहजहोस भनी आफुले आफ्नो पहलमा स्थानीय युवाहरूको श्रमदान मार्फत पुराना पुल मर्मत तथा नयाँ पुल निर्माण कार्य अगाडि बढाएको बताए । पुल नहुदा विशेष गरी वर्षातको समयमा खोला नाला बढ्ने हुँदा विद्यार्थीहरुलाई विद्यालय सम्म पुग्न निकै कठिन हुने गरेको थियो ।

पुल निर्माण कार्य तिब्र गतिमा अघि पढेसङ्गै अब विद्यार्थीहरुलाई बिद्यालय सम्म पुग्न सहज हुने उनले बताए ।

उनले भने- अझै केही स्थानमा निर्माण भएका केही पुलको मर्मत कार्य बाकी रहेको र केही ठाउँमा नयाँ पुलनै निर्माण गर्नु पर्ने बताए ।

सोही क्रममा उनले भने- हामीले सबैकाम सरकारले गरिदेला भन्ने आसमा बस्नु हुँदैन । सरकारलाई ध्यानाकर्षण गराउनु स्वभाविक नै हो तर आफ्नो काम आफै गर्नुपर्छ । सरकारी काम हामीले भनेको जस्तो हुँदैन उसको आफ्नै नियम कानुन हुने गर्छ त्यो समय सम्म हामीले बैकल्पिक बिधि बाट भएनी आफ्नो काम गर्नु पर्छ भन्ने कुरालाई आत्मसात गर्दै आफ्नो नेतृत्वमा स्थानीय युवाहरूको सहयोगमा उक्त पुल निर्माण तथा मर्मत कार्य अगाडी बढाएको हु ।

उक्त स्कुलमा अध्ययन गर्न चैतेपानी, काफलमेला, बादेगौजा, नार्सोती, सेतिखोर, पिप्लिखेत, गेदान, गड्गाउँ, सलेरी, ठुलागडा र सुगरखाल बालबालिकाहरु आउने गर्छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार