शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिए; स्थानीय तहले बर्खास्त गर्ने सक्ने

काठमाडौँ । प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०८०’ ले शिक्षकहरूलाई कुनै दलको सदस्यता लिन रोक लगाएको छ ।

प्रस्तावित ऐनको मस्यौदा अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले कुनै पनि दलको सदस्यता लिन नपाउने भएका हुन ।
एनका अनुसार यदि शिक्षकहरुले कुनै पनि राजनीतिक दलको सदस्यता लिएको खण्डमा बर्खास्त गर्ने सम्मको सजायको व्यवस्था गरिएको छ ।

मस्यौदाका दफा ८८ र ८९ मा शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्ता लिएमा, राजनीतिक कृयाकलापमा संलग्न भएमा वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिएमा त्यस्ता शिक्षकलाई सेवाबाट हटाउने वा बर्खास्त गर्न सक्ने प्रस्ताव गरिएको छ ।

त्यसरी राजनीति गर्ने शिक्षकलाई बर्खास्त गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ । त्यस्ता शिक्षकलाई भविश्यमा विद्यालय शिक्षक सेवाको निमिक्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने मस्यौदामा उल्लेख छ ।

मस्यौदामा दफा ७३ मा शिक्षकलाई राजनीतिक कृयाकलापमा संलग्न हुन नपाउने व्यवस्था गरेको छ । शिक्षकले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन, राजनीतिक पदको लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत वा चन्दा माग् वा कुनै प्रकारको राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने व्यवस्था गरिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार