निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आव्हान

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आव्हान गरेको छ ।

आयोगले न्यूनतम योग्यता पुगेका व्यक्तिहरुलाई आजदेखि आफ्नो दरखास्त पेश गर्न अनुरोध गरेको छ ।

दरखास्त आयोगको आधिकारिक अनलाइन प्रणालीमार्फत पेस गर्न सक्नेछन् ।

अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण पेस गरेका कागजातहरू राजश्व बुझाइसकेपछि संशोधन गर्न नसकिने भएकोले सावधानीपूर्वक दरखास्त दिन समेत आयोगले आग्रह गरेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार