बर्दियाका सबै स्थानमा (माओवादी केन्द्र)को पहिलो चरणको स्कुलिङ्ग सम्पन्न

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशनबाट पारित वैचारिक, राजनीतिक तथा संगठनात्मक विचार लाईनलाई पार्टीका सबैं तहमा पुर्याउने केन्द्रीय योजना अनुसार पार्टीको केन्द्रीय स्कुलिङ्ग विभागले केन्द्रीय स्तर हुँदै, प्रदेश र जिल्ला स्तरमा चलाएको प्रशिक्षण कार्यक्रम देशभर सञ्चालन भैरहेको बेला बर्दियामा भने सबै स्थानीय तहसम्म उत्साहजनक ढंगले सम्पन्न भएको खबर प्राप्त भएको छ ।

देशभरको रिपोर्टका आधारमा समेत जिल्ला भित्रका सबै स्थानीय तहसम्म प्रशिक्षण कार्यक्रम सानदार ढंगले सम्पन्न गर्नेमा बर्दिया जिल्ला पहिलो र महत्वपूर्ण देखिएको माओवादी केन्द्रका नेताहरु बताउँछन । बर्दियाका ६ स्थानीय तहहरु भौगोलिक हिसाबले जिल्लाको मध्ये भागमा पर्ने मधुवन नगर कमिटीबाट शुरुभएको पहिलो स्थानीय कमिटीको प्रशिक्षण कार्यक्रम क्रमश राजापुर, बाँसगढी नगर कमिटी हुँदै, बढैंयाताल पालिका कमिर्टी र ठाकुरबाबा नगर कमिटीको प्रशिक्षण सम्पन्न भएको थियो ।

त्यसपछि क्रमश गेरुवा पालिका कमिर्टीको र अन्त्यमा यहि जेष्ठ ५ र ६ गते गुलरिया नगर कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । बर्दियाका सबै स्थानीय नगर तथा पालिका कमिटीको प्रशिक्षण सकेपछि माओवादी केन्द्र बर्दियाले अब त्यो भन्दा तलका वडा, टोल र सेल कमिटी सम्म प्रशिक्ष तथा संगठन सुदृणीकरण अभियान सञ्चालन गर्ने बताइएको छ ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व गृहमन्त्री तिलकराम शर्मा हिमालले दर्शनशास्त्र, माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य लोकराज जैसी लोकेशले पार्टीको विचारधारात्मक, राजनीतिक, संगठनात्मक कार्यदिशा र मालेमा बारेमा, पार्टीको लुम्बिनी प्रदेश उपाध्यक्ष तथा लुम्बिनी प्रदेश प्रशिक्षण विभाग प्रमुख दुर्गा बहादुर थारु कविरले राजनीतिक शास्त्र, बर्दिया प्रशिक्षण विभाग प्रमुख हरिहर थारुले राजनीतिक अर्थशास्त्र, बर्दिया प्रशिक्षण विभाग उप–प्रमुख राजेन्द्र एलसीले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासबारे, प्रशिक्षण विभाग सचिव राजेश थारुले विज्ञान प्रविधि र सामाजिक सञ्जालबारे र अन्य प्रशिक्षकहरुले समेत महत्वपूर्ण विषयमा जिल्लाका विभिन्न स्थानीय तहका प्रशिक्षण कार्यक्रममा विषयवस्तु राखेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश लगाएतका अन्य मन्त्रीहरुले चालेको जनपक्षिय निर्णय र कार्यशैलीले वर्तमान सरकारप्रति जनविश्वास बढ्दै गएको तथा भ्रष्ट्राचारीहरुलाई एकपछि अर्को फाईल खोल्दै कार्बाहीमा उत्रिएको घटनाले देशव्यापी रुपमा सबैमा सकारात्मक उर्जा दिएकाले सरकारको त्यस प्रकारको कदमको समर्थन एक्यवद्धतामा र्याली, प्रदर्शन समेत भैरहेका छन् ।

बर्दियामा स्थानीय पार्टी कमिटीको प्रशिक्षण कार्यक्रम सँगै विभिन्न ठाउँमा सरकारको उक्त कदमप्रति समर्थन जनाउँदै माओवादी केन्द्रको पहलमा विभिन्न राजनीतिक दल, सामाजिक सरोकारवाला निकाय, नागरिक समाज, व्यापारी बुद्दिजीवी र युवा विद्यार्थीहरुको सहभागितामा र्याली प्रदर्शन र कोणसभाहरु भएका छन । बर्दियाको ठाकुरबाबा नगरपालिका अन्र्तगत भुरिगाउँ बजारको मुख्य चोकमा, गेरुवाको मुख्य व्यापारिक बजार शान्तिबजार चोकमा र अन्य विभिन्न स्थानहरुमा त्यस्तो र्याली, प्रदर्शन र कोणसभाहरु भएको माओवादी केन्द्र बर्दियाबाट बुझिएको छ ।

माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य लोकेशका अनुसार पार्टीको प्रशिक्षण विभागको आयोजनामा शुरुभएको उक्त कार्यक्रम अहिले प्रदेश कमिटी हुँदै जिल्ला स्तरमा दोश्रो चरणमा सम्पन्न भैरहेको छ र कतिपय जिल्ला स्तरमा प्रशिक्षणको तालिका अनुसार अगाडी पछाडि भएकाले पुरा भैसकेको छैन तर बर्दियामा भने सबै स्थानीय नगर र पालिका कमिटीमा स्थानीय नेता, कार्यकर्ताहरुको उत्साहजनक सहभागितामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

माओवादी केन्द्रका नेता लोकेशले समयमै स्थानीय तहमा प्रशिक्षण सकेर बर्दियाका नेता, कार्यकर्ताले देशभर सकारात्मक सन्देश दिएको भन्दै सबैमा बधाई तथा धन्यवाद व्यक्त गर्दै, प्रशिक्षणको क्रममा सिकेका, छलफल गरेका विषयहरुलाई तल्ला कमिटी र पार्टी सदस्य, समर्थक तथा जनसमुदायसम्म पुर्याउँदै, त्यसका आधारमा पुर्न पार्टी संगठनलाई एकतावद्ध र सक्रिय बनाउनुपर्नेमा बर्दियाली नेता, कार्यकर्ताहरुमा सुझाव दिएका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार