बर्दगोरिया- ५ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

बर्दगोरिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

वडा अध्यक्ष भोलेराम चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रममा चालू आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति विवरणको समिक्षा तथा बिनियोजित योजना र कार्यक्रमको सार्वजनिकरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उपाध्यक्ष गिरिले भने- यस अघि समग्र रुपमा पालिकाले मात्र सार्वजनिक सुनुवाइ गर्ने गरेको भएपनि अहिले वडाले आफ्नो वडाको वार्षिक प्रगति विवरण वडागत रुपमा सार्वजनिक गरेको मा वडा अध्यक्ष सहितको टिमलाई धन्यवाद व्यक्त गरे । सोही क्रममा उनले भने- केही जनताहरुले चिया पसल, सार्वजनिक स्थल लगाए विभिन्न ठाउँमा वडाले/ पालिकाले यो काम गरेन, त्यो काम गरेन, यि कुराहरु आजको आवस्यकता हुन भन्ने लगाएका कुरा गर्ने गरेको बताउदै यस्ता सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्ना मनमा लागेका कुराहरु राख्नुका साथै आवश्यक विभित कुराहरु लाई सल्लाह सुझावको रुपमा राख्न समेत सहभागी हरुमा अनुरोध गरे ।

कार्यक्रममा चालू आर्थिक वर्षमा वडाभित्र संचालित र निर्माणाधीन योजनाको बारेमा जानकारी गराइनुका साथै विनियोजित वार्षिक कार्यक्रम र योजनाको बारेमा स्थानीय नागरिकलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा स्थानीय वडाक जनप्रतिनिधि, भल्मन्सा, समाजसेवी, बुद्धिजीवी, शिक्षक, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियोे ।

स्थानीय जनताले आफ्नो वडमा भएका र हुने गरेका विकास निर्माणका योजना र तिनको गतिविधि, आर्थिक लागत, गुणस्तरीयता तथा वडा कार्यालयबाट प्रदान हुने सेवासुबिधा स्पष्ट रूपमा जानकारी गरून् भन्ने उदेश्यका साथ कार्यक्रम गरिएको वडा अध्यक्ष भोलेराम चौधरीले बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार