बर्दगोरिया गाउपालिकाको आगामी आर्थिक बर्षको बजेट करिब ८० करोड

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार भएको पालिकाको १२औ गाउँ सभामा आर्थिक वर्ष ०८०/८१ को लागि ७९ करोड ८६ लाख १३ हजार १२४ को अनुमानित बजेट सार्बजनिक गरिएको हो ।

 

गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरको सभाध्याक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष गणेश राज गिरि ( लालदीप) ले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गरेका हुन ।

सभामा नेपाल सरकारबाट प्राप्त निशर्त वित्तीय समानीकरण अनुदान रु, ११ करोड ३ लाख ,संघीय सरकारबाट प्राप्त सशर्त्त अनुदान (चालुतर्फ) १४ करोड २४ लाख, पुजीगततर्फ २ करोड ३२ लाख, विशेष अनुदान (पुजीगततर्फ) रु, ५ करोड १० लाख, समपुरक अनुदानतर्फ २ करोड ,राजस्व वाडफाडतर्फ ९ करोड ३३ लाख ८ हजार ६ सय, प्रदेश सरकार वित्तीय समानीकरण रु, ९४ लाख ८ हजार, विशेष अनुदानतर्फ रु, ७० लाख, समपुरक अनुदान रु, ६० लाख, राजस्व वाडफाड रु, २३ लाख ६१ हजार ,गाउँपालिकाको आन्तरिक स्रोततर्फ रु, १ करोड ५० लाख, अन्य स्रोतबाट प्राप्त (रोयल्टी ) रु, १ करोड, सामाजिक सुरक्षा भत्ता रु, २० करोड ,विभिन्न संघसंस्थाबाट प्राप्त रु, १ करोड ७७ लाख ३३ हजार ६ सय ४ समेत गरि कुल ७९ करोड ८६ लाख १३ हजार १२४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो ।

“सुन्दर ,सम्मुनत र समृद्ध गाउँपालिका निर्माण गर्ने हाम्रो संकल्प, समस्त गाउँपालिकाबासीको समृद्धिको चाहाना”भन्ने नारा सहित बर्दगोरिया गाउँपालिका को १२औ गाउँ अधिबेशनको आईतवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो ।

बजेट, निति तथा कार्यक्रममा गाउँपालिकाले कृषि,पुर्बधार, स्वास्थ्य, शिक्षा, खानेपानी ,पशुपालन,तटबन्ध ,ढलनिकाशलाई प्राथमिकतामा राखिएको छ । यसैगरी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शैक्षिक क्षेत्रको बिस्तार , युवालाई रोजगारी, बर्दगोरियामा चिकित्सकिय र प्रयोगशाला सेवा तथा अनुसन्धानात्मक कार्यहरु पालिकाले अगाडी सार्ने जनाईएको छ ।

युवा उद्यमशिलता बिकासका कार्यक्रमहरु मार्फत युवालाई “बिदेश होईन बिजनेस ” भन्ने भावना जागृत तुल्याई स्वरोजगार उन्मुक्त गराईने पालिकाले नीति तथा कार्यक्रम ल्याएको छ ।

उपाध्यक्ष गणेश राज गिरिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा “एक वडा, एक व्यायामशाला” को नीति लिई युवाहरुलाई तालिमको व्यवस्था मिलाईने छ । विपन्न,गरिब र सुकुम्बासी परिवारका युवाहरुलाई रोजगार तथा सिपमुलक विभिन्न तालिम प्रदान गरिने नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीसंग सहकार्य गरि रक्तसंचार सेवालाई सहज तुल्याईने, एक वडा एक एम्बुलेन्स संचालनमा ल्याउने, जेष्ठ नागरिकहरुको अँखा जाच, महिलाहरुको आङ खस्ने,तल्लो पेट दुख्ने, पाठेघर मुखको क्यान्सर ,अपाङ्गता भएका व्यक्तिहरुको स्क्रिनिङ र अप्रेसनका साथै सिकलसेल रोगको उपचारका लागि स्वास्थ्य शिबिर संचालन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

व्यवसायीक कृषि पकेट क्षेत्रमा सिचाई, कृषि सडक, बिधुतिकरण ,कृषि बजार, शीत भण्डार तथा गोदाम घरहरुको पुर्बाधार निर्माणमा विशेष जोड दिईने, पशु हाट बजार संचालनका लागी आवश्यक पहल गर्ने जस्ता कार्यक्रम समेटिएका छन ।

यसैगरी नीति तथा कार्यक्रममा प्लास्टिक जन्य फोहोर नियन्त्रण तथा न्यूनीकरण गर्न प्लास्टिक झोलाहरुको प्रयोगलाई निरुत्साहित गर्ने जनाईएको छ ।

कार्यक्रममा गाउँसभा सदस्य ,कर्मचारी ,पत्रकार लगायतको उल्लेखनीय सहभागीता रहेको थियो । कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख (प्रसासकिय अधिकृत) गोबिन्द राज रेग्मीले गर्नुभएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार