बर्दगोरिया १ ले गर्‍यो आ.व.२०७९/०८० वार्षिक सार्वजनिक सुनुवाइ

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ ले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । शुक्रवार एक कार्यक्रमकाको आयोजना गर्दै वडा बासीका बिच आर्थिक वर्ष २०७९/०८० का आफ्ना वार्षिक गतिविधिहरू सार्वजनिक गरेको हो ।

वडा कार्यालयले चालु आर्थिक वर्षमा ३० लाखका विभिन्न योजनाहरू निर्माण गरेको वडा सचिव अशोक भण्डारीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै वडा कार्यालयले यस आर्थिक वर्षको असार २० गते सम्म १३ लाख ३० हजार ९ सय ३२ रुपैयाँ ५० पैसा राजस्व सङ्कलन गरेको छ ।

सम्पत्ति करबाट ५ लाख ६० हजार २९ रुपैयाँ ५ पैसा राजस्व सङ्कलन गरेको कार्यालयले भूमि कर तथा मालपोतबाट ३ हजार ८ सय ८९, घर बहाल करबाट १ लाख ४५ हजार ८ सय ९४, बहाल बिटौरी कर १३ हजार २ सय सरकारी सम्पति बहालबाट प्राप्त आय १ हजार ४ सय नक्सा दस्तुर ३ हजार ९ सय सिफारिस दस्तुरबाट ३ लाख ३२ हजार ८ सय ७०, व्यक्तिगत घटना दर्ता दस्तुरबाट ८८ हजार ८ सय, नाता प्रमाणित दस्तुरबाट ९५ हजार ४ सय नाता प्रमाणित दस्तुर १३ सय ५० रूपैयाँ र अन्य दस्तुरबाट १ लाख ६१ हजार ३ सय रुपैयाँ सङ्कलन गरेको छ ।

यस्तै यो वर्ष ८ सय १२ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि वडामा नवीकरण गरेका छन् । जसमध्ये ३ सय ५० जना ज्येष्ठ नागरिक भत्ता, ५८ जनाले ज्येष्ठ नागरिक एकल महिला भत्ता, ५८ जनाले एकल महिला भत्ता, ९ जनाले पूर्ण अपाङ्गता भत्ता, २८  जनाले अति असक्त अपाङ्गता भत्ता र १४७ जनाले दलित बालबालिकाले भत्ता प्राप्त गरेका हुन ।

वडा कार्यालयमा यो वर्ष ४ सय ३४ जनाले व्यक्तिगत घटना दर्ता गराएका छन् । २ सय १३ जनाको जन्म दर्ता भएको छ भने ३८ जनाको मृत्यु दर्ता गरिएको छ । यस्तै २८६ जना वडामा बसाई सरी आएका छन् भने ६६ जना बसाई सरी गएका छन् । २ जनाले सम्बन्ध विच्छेद, ६४ जनाले विवाह दर्ता गराएका छन् ।

वडा अध्यक्ष मिथुन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी प्रमुख अतिथि रहेका थिए ।

सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै आफू निरन्तर वडाको समग्र बिकास र जनताको सेवामा लागीरहेको वडा अध्यक्ष मिथुन गौतमले बराउनु भयो ।

आर्थिक बर्ष २०७९/०८० को बार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी सेवाग्राहिको जिज्ञासा लाई सम्बोधन गर्दै वडा अध्यक्ष गौतमले सो कुरा बताउनु भएको हो ।

आफुले निर्वाचनको क्रममा जनता सङ्ग गरेको चुनाबी प्रतिबद्धता अनुसार वडामा सबै गाउँ बस्ती र टोलको माग र आबश्यक्ताका आधारमा निश्पक्ष रूपमा योजना छनौट गरि गुणस्तरीय योजना निर्माणकार्यमा लागि रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै गाउपालिका उपाध्यक्ष गणेश राज गिरिले समाबेशी आधारमा जनप्रतिनिधि ,राजनीतिदल ,संघ संस्थाका प्रतिनिधि र सरोकारवाला पक्षको सल्लाह ,सुझाव लियर प्रदेश सरकार र संघीय सरकारसंग समन्वय गरि नमुना पालिका बनाउन लागि रहेको बताउनु भयो ।

कार्यक्रममा विभिन्न टोलहरूबाट स्थानीयहरूको सहभागिता रहेको थियो । उनीहरूले जनप्रतिनिधि तथा कर्मचारीलाई प्रश्न, जिज्ञासा राख्दै सुझावहरू समेत दिए ।

प्रश्नहरूको जवाफ दिँदै जनप्रतिनिधि तथा कर्मचारीहरूले जनताको सुझावलाई निकै सकारात्मक रूपमा ग्रहण गरी अघि बढ्ने बताएका छन् ।
कार्यक्रममा जन्मदेव सन्ज्याल, नवराज कुँवर, एटम बम,भुमी प्रसाद शर्मा लगाएतले जिज्ञासा संगै सुझाव सल्लाह दिएका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार