आर्थिक

एक वर्षमा १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाण्डाै – आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअुनसार अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स २१ दशमलव २ प्रतिशतले बढेको हो । यस्तै गएकाे आर्थिक वर्ष अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या चार लाख ९७ हजार सात सय चार पुगेकाे छ । याे सङ्ख्या ४० दशमलव तीन प्रतिशतले वृद्धि भएकाे हाे । यस्तै पुनः श्रम स्वीकृति लिने नेपालीकाे सङ्ख्या भने एक दशमलव आठ प्रतिशतले घटेर दुई लाख ७७ हजार दुई सय ७२ रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।
पुरा पढ्नुहाेस्
मोहन्याल मा.वि.लाई वडा अध्यक्ष बुढाले गरे आर्थिक सहयोग

मोहन्याल मा.वि.लाई वडा अध्यक्ष बुढाले गरे आर्थिक सहयोग

मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ का जनप्रतिनिधिले बुधबार आर्थिक सहयोग गरेका छन । मोहन्याल माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का अध्यक्ष पिरम बुढा रहेका थिए । मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पिरम बुढा सहित कार्यपालिका सदस्य इस्वरी बिष्ट, वडा सदस्य प्रेम राना, हिरालाल बि क र बिस्ना बि क ले वडा नम्बर १ मा रहेको मोहन्याल माध्यामिक विद्यालयलाई नगद सहयोग गरेका हुन । मोहन्याल माध्यामिक विद्यालयमा कार्यरत शिक्षकलाई तलब खान अपुग भएको हुँदा आफुहरुले सहयोग गरेको वडा अध्यक्ष बुढाले बताए । उनले भने- महिनौ…
पुरा पढ्नुहाेस्
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौँ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडा घटेको छ । आयाल निगमले स्वचालित मूल्य प्रणालीअनुसार आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यता यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समेत समायोजन गरेको हो । विभागकाअनुसार घटेको सवारी भाडाअनुसार यात्रुबहाक सवारी साधनको साविकको भाडामा २.१३ प्रतिशतले घटाइएको छ भने मालबहाक सवारीमा पहाडमा २.७८ प्रतिशत र तराईमा ३.०९ प्रतिशतले भाडा घटाइएको छ । करिब ९ वर्षपछि पेट्रोलियम पदार्थमा स्वचालित प्रणालीमा गएको निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ भाडा घटाएको छ।
पुरा पढ्नुहाेस्
आजबाट प्रदेश र स्थानीय तहको खाता बन्द

आजबाट प्रदेश र स्थानीय तहको खाता बन्द

काठमाडौँ । सोमवार आज देखि लागु हुने गरि प्रदेश र स्थानीय तहको खाता रोक्का हुने भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यही असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन पाउने छैनन्। प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन। राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेकहरु सोमवार पनि साटिन सक्नेछन्, तर कानुनअनुसार सोमबारबाट नयाँ चेक जारी गर्न पाइँदैन, सूचनामा भनिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा…
पुरा पढ्नुहाेस्
नेपाली बजारमा सुनचाँदी को मुल्य दिनप्रतिदिन उकालो लाग्दै

नेपाली बजारमा सुनचाँदी को मुल्य दिनप्रतिदिन उकालो लाग्दै

काठमाडौं । नेपाली बजारमा पहेलो धातु सुनको मुल्य यो साता तोलामा १ हजार रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा तोलामा १ हजार रुपैयाँले सुनको मूल्य बढेको सुनचाँदी महासंघले जनाएको हो । महासंघका अनुसार गत साताको शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ६०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा बढेर १ लाख १० हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै, यो साताको शुक्रबार तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ छ । यो साता आइतबार नै सुनको मूल्य बढेको थियो । यस्तै, सोमबार सामान्य घटेको सुनको मूल्य पुनः…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाको १२ औं गाउँसभा सुरु

बर्दगोरिया गाउँपालिकाको १२ औं गाउँसभा सुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको १२ औं गाउँ सभा आज बाट सुरु भएको छ । गाउँसभाको पानसमा दिप प्रज्वलन गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गर्नु भएको हो । गाउँसभामा आर्थिक वर्ष ०८०/०८१ निति तथा कार्यक्रम पालिका उपाध्यक्ष गणेश राज गिरिले प्रस्तुत गर्दैछन । गाउँसभा पालिकाको वडा नम्बर १ को सभाहलमा भइरहेको छ ।
पुरा पढ्नुहाेस्

लम्कीचुहा को ११ औँ नगरसभा सुरु; नगर प्रमुख शाही द्वारा निति तथा कार्यक्रम प्रस्तुत

लम्की । कैलालीको लम्कीचुहा नगरपालिकाको ११ औँ नगरसभाको पहिलो बैठक सुरु भएको छ । “समृद्ध नगर, समानुपातिक विकास सुखी नगरवासी, जनउत्तरदायी स्थानीय सरकार” भन्ने मुल नाराका साथ ११ औं नगर सभाको पहिलो वैठक बिहीबार (आज) देखि सुरु भएको हो । नगर सभामा नगर प्रमुख सुशिला शाहीले आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । नगर प्रमुख शाहीले निति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, युवा तथा रोजगारी, स्वास्थ्य तथा मानव सामर्थ्य विकास, कृषि उत्पादन र उत्पादकत्व वृद्धि तथा सहकारी कार्यक्रम, पूर्वाधार निर्माण तथा दिगो विकास, उद्यम, स्वरोजगारी र सहकारिता, सूचना प्रविधि तथा सञ्चार क्षेत्र विकास, मानव संसाधन,…
पुरा पढ्नुहाेस्
पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वशेदमै भ्याक्सिन उत्पादन गर्ने

पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वशेदमै भ्याक्सिन उत्पादन गर्ने

१५ जेठ, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष लागि बजेट प्रस्तुत गर्दै पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वशेदमै भ्याक्सिन उत्पादन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८०-८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पशुपन्छीको महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न भएको हो । आगामी आर्थिक वर्षमा पशुपन्छीमा हुने विभिन्न रोगका करिब ६ करोड ६० लाख डोज भ्याक्सिन स्वदेशमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको बताएका छन्।
पुरा पढ्नुहाेस्
सरकारले गाँजा खेतीको अध्ययन गर्ने

सरकारले गाँजा खेतीको अध्ययन गर्ने

५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत भएको वक्तव्यमा गाँजा खेतीको अध्ययनबारे घोषणा गर्दा संसद तालीले गुञ्जायमान भएको थियो । गाँजा खेतीको अध्ययनको विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो ।
पुरा पढ्नुहाेस्
राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । संघीय संसद्को राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बहुमतले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित  भएको हो । शुक्रबार सरकार कोतर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभामा  नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
पुरा पढ्नुहाेस्