वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक,
काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हाल २० वाणिज्य बैंकहरु सञ्चालनमा रहेका छन । ति मध्ये १२ वटाले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन, भने ४ वटाले स्थिर राखेका छन् । बाँकी ४ वटाले भने ब्याज दर घटाएका हुन् । ब्याजदर बढाउनेमा सिटिजन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, ग्लोबल आइमएई बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक रहेका छन । यि बैंकहरुले साउनको तुलनामा ब्याजदर बढाएका छन् । नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १०.८९६ प्रतिशत देखिएको…














