सुन तोलामा १४ सय र चाँदी १५ रुपैयाँ घट्यो

काठमाण्डाै । नेपाली बजारमा पहेलो धातु सुनको मुल्य आज १ हजार ४ सय रुपैयाँले घटेको छ ।

आज सुनको मुल्य तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको मुल्य तोलामा आठ सय रुपैयाँले घटेको थियो । केही दिनयता सुनको भाउ लगातारजसो घटिरहेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार