नाैलाेप्रेस डेस्क

972 Posts
क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको पेसी आज 

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको पेसी आज 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले भदौ २१ गते (आज)का लागि अर्को पेसी तोकेको हो । सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिएको भए पनि यता जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा भने अझै किनारा लाग्न सकेको छैन । यसअघि, निरन्तर सुनुवाइ गरी फैसला दिने भनिए पनि सन्दीपले पेस गरेको पीडित ‘गौशाला २६ (छ)’ को जन्म दर्तासम्बन्धी कागजात नक्कली रहेको पुष्टि भएको…
पुरा पढ्नुहाेस्

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जसको प्रभावले  हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेस प्रदेश र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी  र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम…
पुरा पढ्नुहाेस्

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

 काठमाडौं । बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव आज पनि रहेको छ । सोही प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली भइरहेको छ । बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
पुरा पढ्नुहाेस्
आज श्रीकृष्णजन्माष्टमी पर्व; देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइदै

आज श्रीकृष्णजन्माष्टमी पर्व; देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइदै

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका…
पुरा पढ्नुहाेस्
श्री नवज्योति ग्रामीण विद्युत सहकारी संस्था लि. को १५ औं वार्षिक साधारण सभा सम्पन्न

श्री नवज्योति ग्रामीण विद्युत सहकारी संस्था लि. को १५ औं वार्षिक साधारण सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं -६ जगतपुरमा रहेको श्री नवज्योति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । संस्थाले आर्थिक वर्ष २०७८-०७९ र २०७९-०८० को गरी २ वर्षको सार्वजनिक सुनुवाई सँगै सम्पन्न गरेको हो । आर्थिक वर्ष २०७८-०७९ को कुल १२ लाख ७५ हजार ६सय ८७ रुपैयाँ र आर्थिक वर्ष २०७९-०८० को कुल १४ लाख ४१ हजार ७ सय ४५ रुपैयाँको आय व्यय विवरण संस्थाका प्रबन्धक राम नारायण डँगौराले प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष हरि सिंह दहितको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका -६ का…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा बृहत् घैटाफोड, आकाशे घैटामा ५० हजार पुरस्कार

बर्दगोरियामा बृहत् घैटाफोड, आकाशे घैटामा ५० हजार पुरस्कार

बर्दगोरिया । गाउँपालिकामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा बृहत् घैटा फोड कार्यक्रम हुने भएको छ । पालिकाको वडा नम्बर १ मा रहेको सडकपुर बौनिया युवा क्लबले श्रीकृष्ण जन्माष्टमीको अवसरमा बृहत् घैटा फोड कार्यक्रमको आयोजना गर्न लागेको हो । हरेको वर्ष युवा क्लबले श्रीकृष्ण जन्माष्टमी को अवसर पारी वृहत् रुपमा घैटो फोड कार्यक्रम गर्दै आएको छ । सोही अनुसार यस वर्ष पनि उक्त कार्यक्रमलाई निरंतरता दिइएको युवा क्लबका महासचिव कृष्ण प्रसाद ओझाले जानकारी दिए । उनका अनुसार यस वर्षको घैटो फोड कार्यक्रम अन्तरगत आकाशे घैटो मा ५० हजार पुरस्कार रहेको छ । उक्त घैटो फोडने टीमलाई नगद ५० हजार  रुपैया पुरस्कार प्रदान गर्ने…
पुरा पढ्नुहाेस्

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरू तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गा.पाको नवनिर्मित प्रशासनिक भवनको साँचो हस्तान्तरण

बर्दगोरिया गा.पाको नवनिर्मित प्रशासनिक भवनको साँचो हस्तान्तरण

बर्दगोरिया/ कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण गरिएको छ । श्यामसुन्दर निर्माण कम्पनीका प्राविधिक बिप्लप मिश्रले गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरलाई भवनको साँचो हस्तान्तरण गरेका हुन् । २०७६ साल साउन ५ गते निर्माण सम्झौता भई भवन निर्माणको काम सुरु गरेको निर्माण कम्पनीले २०७९ मंसिर २९ गते सम्पन्न गर्नु पर्ने थियो । ४० महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले सम्झौता अवधिमा काम सम्पन्न गर्न नसक्दा पटक पटक म्याद थप गर्दै आएको थियो । आगामी दशै देखी नयाँ प्रशासनिक भवनबाट पूर्ण रूपमा सेवा प्रवाह हुने अध्यक्ष कुँवरले बताए । ६ करोड ३३ लाख ५४ हजार ६ सय…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गा.पा स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न

बर्दगोरिया गा.पा स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न

बर्दगोरिया । बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाले आफ्नो वार्षिक समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । सोमबार पालिकाको वडा नम्बर १ को सभा हलमा एक कार्यक्रमको आयोजना गर्दै शाखाले आफ्नो वार्षिक समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको अध्यक्षतामा उक्त समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा वडा नम्बर १ देखि ६ सम्म संचालन मा रहेका स्वास्थ्य संस्थाको समग्र वार्षिक प्रतिवेदन स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले गरेका थिए । यस्तै कार्यक्रममा स्वास्थ्य क्षेत्रमा दिनरात नभनि निस्वार्थ रुपमा सहयोग गरेको भन्दै विभिन्न स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, पत्रकार लगाएत लाई सम्मान समेत गरिएको । कार्यक्रमको समापन गर्दै…
पुरा पढ्नुहाेस्
गाउँपालिका अध्यक्ष कुँवरद्वारा ईप्रका बौनियाँमा कार्यरत प्रहरी निरीक्षक शाहीको बिदाई, आचार्यको स्वागत

गाउँपालिका अध्यक्ष कुँवरद्वारा ईप्रका बौनियाँमा कार्यरत प्रहरी निरीक्षक शाहीको बिदाई, आचार्यको स्वागत

बर्दगोरिया । ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाँमा कार्यरत प्रहरी निरीक्षक महेश विक्रम शाहीको बिदाई एवं नव आगन्तुक प्रहरी निरीक्षक लिलाराम आचार्यलाई स्वागत गरिएको छ । आइतबार बर्दगोरिया गाउँपालिकाको कार्यालयमा पालिका अध्यक्ष कर्ण बहादुर कुवरले प्रहरी निरीक्षक शाहीको बिदाई तथा सरुवा भएर बौनियामा आएका प्रहरी निरीक्षक आचार्यलाई खादा,मालाले स्वागत गरेका हुन । सो क्रममा पालिका अध्यक्ष कुवरले बर्दगोरियामा रहदा प्रहरी निरीक्षक शाहीले यहाँको शान्ती सुरक्षा, अपराध नियन्त्रण तथा लागू पदार्थ दुर्व्यसनी न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै प्रसङ्सा गरे । यसैगरी उनले इप्रका बौनियाको जिम्मेवारी सम्हाल्न आएका प्रहरी निरीक्षक आचार्यलाई बर्दगोरियाको समग्र विकास निर्माण ,यहाँको शान्ति सुरक्षा ,अपराध तथा लागू औषध दुर्व्यशनी…
पुरा पढ्नुहाेस्