कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जसको प्रभावले  हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेस प्रदेश र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी  र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार