बझाङमा एक फेन्सी पसलमा आगलागी

कैलाली । बझाङमा एक फेन्सी पसलमा आगलागी हुँदा ५० लाख बराबरको क्षती भएको छ।

जिल्लाको जयपृथ्वी नगरपालिका– १० स्थित चैनपुर बजारमा रहेको कैलास फेन्सी पसलमा आगलागी भएको प्रहरीले जनाएको छ। जयपृथ्वी नगरपालिका–१ का डबलबहादुर खड्काले सञ्चालन गरेको कैलास फेन्सी पसलमा शनिवार राति साढे तीन बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको बताईएको छ ।

आगलागीबाट पसलभित्र रहेको अन्दाजी ५० लाख मूल्य बराबरको लुगाकपडा जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ। आगलागी भएको स्थानीयले देखेर पसल संन्चालक लाइ खबर गरेर पछि आगो नियन्त्रण लिएको थियो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार