न्यु श्री साहारा बचत तथा ऋण सहकारी संस्था लि.को १० औं वार्षिक साधारणसभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको न्यु श्री साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार संस्थाका अध्यक्ष रुपक सुनार को अध्यक्षतामा उक्त संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरि (लाल्दिप) रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गिरिले संस्था जन्माउनु मात्र ठुलो कुरा नहुने बताए । उनले भने- “संस्थालाई जन्माउनु का साथै संस्थाको पालनपोषण गर्न पनि त्यति नै महत्त्व हुने गर्छ । संस्था लाई जन्म दिदै त्यसको पालनपोषण गरि त्यसबाट हुने नाफाको सम्पुर्ण सेयर धनि हरु जानकारी गराएर आर्थिक क्रियाकलाप चुस्त दुरुस्त भएपछि मात्र संस्था बलियो हुने गर्छ । संस्था बलियो भयो भने स्वत; संस्थाका सेयर धनिहरु पनि बलियो हुने गर्छन् । त्यसपछि मात्र संस्थाले आफ्नो लक्ष पुरा गर्छ । त्यसकारण यस संस्थाको पालनपोषण सँगै सम्पुर्ण आर्थिक कारोबार पनि चुस्त दुरुस्त राख्नु पर्छ ।”

सोही क्रममा उनले भने – “संस्थाको हितको लागि आवस्यक परेका आफुहरुले आफ्नो व्यक्तिगत तथा स्थानीय सरकारले बाट गर्नु पर्ने सम्पूर्ण सहयोग गर्ने छौँ।”

यस्तै कार्यक्रममा विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम, वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बिक रहेका थिए ।

कार्यक्रम विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनीति दलका प्रतिनिधि, समाजसेवी हरुको सहभागी रहेको थियो।

यस्तै उक्त साधारणसभा सङ्गै रहेको तेस्रो चुनावी साधारणसभा भने हुन सकेको छैन ।

यस्तै उक्त १० औं साधारणसभामा आर्थिक वर्ष २०७९/०८० को २ लाख ७ हजार ४९६ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरिएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार