
महिला टी–२० आई सिरिज; नेपाल र हङकङबीच आज फाइनल खेल हुँदै
काठमाडौं । महिला टी–२० आई सिरिजको फाइनलमा शनिबार आज नेपाल र हङकङबीच खेल हुँदैछ मलेसियामा जारी चार देश सहभागी महिला टी–२० आई सिरिजको फाइनलमा अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो । शुक्रबार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो। नेपाल तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ। नेपालको नेटरनरेट ०.८५३ छ। अघिल्ला दुई खेलमा नेपालले कुवेतलाई र हङकङलाई हराएको थियो। हङकङ तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ। हङकङको नेट रनरेट…