इडिभी २०२५ को नतिजा आज आउदै, यसरी हेर्नुस्
काठमाडौँ । अमेरिकाले हरेक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा (इडिभी) २०२५ को नतिजा आज आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी दिएको हो । दूतावासका अनुसार आज वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सकिने छ । यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका रहेको दूतावासले जनाएको छ ।
















