
बर्दगोरिया गा.पाको नवनिर्मित प्रशासनिक भवनको साँचो हस्तान्तरण
बर्दगोरिया/ कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण गरिएको छ । श्यामसुन्दर निर्माण कम्पनीका प्राविधिक बिप्लप मिश्रले गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरलाई भवनको साँचो हस्तान्तरण गरेका हुन् । २०७६ साल साउन ५ गते निर्माण सम्झौता भई भवन निर्माणको काम सुरु गरेको निर्माण कम्पनीले २०७९ मंसिर २९ गते सम्पन्न गर्नु पर्ने थियो । ४० महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले सम्झौता अवधिमा काम सम्पन्न गर्न नसक्दा पटक पटक म्याद थप गर्दै आएको थियो । आगामी दशै देखी नयाँ प्रशासनिक भवनबाट पूर्ण रूपमा सेवा प्रवाह हुने अध्यक्ष कुँवरले बताए । ६ करोड ३३ लाख ५४ हजार ६ सय…