नाैलाेप्रेस डेस्क

833 Posts
बसको ठक्करबाट चितवनमा बालकको मृत्यु

बसको ठक्करबाट चितवनमा बालकको मृत्यु

भरतपुर (चितवन) । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । गएराति भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । माडी नगरपालिका–८ बस्ने चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको थियो । घटनामा बसमा सवार भरतपुर–७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएका थिए । रासस
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान: सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात

मौसम पूर्वानुमान: सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात

काठमाडौं । हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रही  बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर सम्पन्न

बर्दगोरिया-५ मा १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा संचालन गरिएको १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिका पशु सेवा शाखा प्रमुख जयप्रकास कोइरलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी (लालदीप) रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गिरीले पशु स्वस्थ रहे मात्र मानिस स्वस्थ रहने बताए । मानिसलाई लाग्ने विभिन्न प्रकारका रोगहरु मध्ये आधा भन्दा बढी रोगहरु पशु बाट सर्ने हुदा पशु स्वस्थ रहन जरुरी रहन्छ । त्यसकारण बर्दगोरिया गाउँपालिकाले मानिसहरू स्वास्थ्य सँगै पशु स्वास्थ्य लाई पनि प्राथमिकतामा राखेको छ । जस अनुसार पालिकाको पशु सेवा…
पुरा पढ्नुहाेस्
जसपा पनि सरकारमा सहभागी हुने तयारीमा

जसपा पनि सरकारमा सहभागी हुने तयारीमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पनि नयाँ समीकरणअनुसार गठन हुन लागेको सरकारमा सहभागी हुने तयारीमा रहेको छ । जस अनुसार अहिले नयाँ गठबन्धन, सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्न जसपा कार्यकारिणी समितिको बैठक जारी छ । बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसिरहेको एक नेताले जानकारी दिए । नयाँ समीकरणअनुसार बनाइने सरकारमा जसपाले तीन मन्त्रालयमा दाबी गरेको सो पार्टीका एक सांसदले जानकारी दिए । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणका साथ सरकार बनाउने गरी पछिल्लो समय राजनीतिक घटनाक्रम विकास भएको छ
पुरा पढ्नुहाेस्
एमाले र माओवादी बीच नयाँ सहमति: एमालेबाट गिरीलाई मन्त्रीमा पठाइने

एमाले र माओवादी बीच नयाँ सहमति: एमालेबाट गिरीलाई मन्त्रीमा पठाइने

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सहमति बनेसँगै गत वर्ष पुसमा भत्किएको गठबन्धनले पुनः निरन्तरता पाएको छ । गएराति अबेरसम्म बसेको बैठकले पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । त्यसमा एमाले र रास्वपाका एक एक जना मन्त्री बन्ने छन् । जसमा नेकपा एमालेका बाट पार्टी प्रमुख सचेतक पदम गिरीलाई मन्त्रीमा पठाइने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।
पुरा पढ्नुहाेस्
रास्वपाको सरकारमा जाने निर्णय

रास्वपाको सरकारमा जाने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको छ । सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकबाट नयाँ समीकरणमा सरकारमा जाने निर्णय गरिएको हो । जसमा रास्वपाले सरकारमा कति सिट लिने र क–कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउने अधिकार सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई दिइएको छ । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणका साथ सरकार बनाउने गरी पछिल्लो समय राजनीतिक घटनाक्रम विकास भएको छ ।
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान: सुदूरपश्चिम सहित केही प्रदेशमा चट्याङसहित हल्का वर्षा

मौसम पूर्वानुमान: सुदूरपश्चिम सहित केही प्रदेशमा चट्याङसहित हल्का वर्षा

काठमाडौं । नेपालमा हाल पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। जस अनुसार अहिले बिहानको मौसम देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। सोमबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भू—भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर संञ्चालन हुँदै

बर्दगोरिया-५ मा १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर संञ्चालन हुँदै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर कार्यक्रम संञ्चालन गरिने भएको छ । गाउँपालिका पशु सेवा शाखाको आर्थिक वर्ष २०८०/०८१ का विनियोजित बजेट उक्त १ दिने निःशुल्क पशु स्वास्थ्य चेकजाँच तथा खोप शिविर कार्यक्रम संञ्चालन गरिन लागेको हो । कार्यक्रम पालिकाको वडा नम्बर ५ को कार्यालय कोइलीभुरुवामा संचालन गरिने गाउँपालिका पशु सेवा शाखाका नायव पशुसेवा प्राविधिक अनिल ओलीले जानकारी दिए । उक्त शिविर फाल्गुन २१ गते सोमबार बिहान १० बजे देखि दिउँसो २ बजे सम्म संचालन गरिने भएको छ । शिविरमा दिइने सेवाहरु १) विज्ञ पशु चिकित्सक द्वारा पशु चेकजाँच तथा उपचार २)…
पुरा पढ्नुहाेस्
नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुँदै

नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत आज नेदरल्यान्ड्स र नामिबिया बीच प्रतिस्पर्धा हुँदैछ । खेल आज बिहान साढे ११ बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेदरल्यान्ड्स तीन खेलमा एकमा हार र दुईमा जितसहित चार अंकका साथ पहिलो स्थानमा छ भने नामिबिया समान तीन खेलमा एकमा जित र दुईमा हारसहित दुई अंकका साथ समूहमा तेस्रो तथा अन्तिम स्थानमा छ । नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित चार अंकका साथ दोस्रो स्थानमा छ ।
पुरा पढ्नुहाेस्
आज पनि यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा

आज पनि यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसले गर्दा आज पनि देशभरको मौसम साधारणतया बदली रही  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती प्रदेशसहित कोसी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । राति देशभर आंशिकदेखि…
पुरा पढ्नुहाेस्