नाैलाेप्रेस डेस्क

735 Posts
चार्टर विमान मार्फत इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारीमा सरकार

चार्टर विमान मार्फत इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहेमा चार्टर विमानमा ल्याउने गरी प्रक्रिया अघि बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा अध्ययनलगायत अन्य प्रयोजनका लागि गएका नेपालीहरुलाई नेपाल आउन चाहेमा नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने निर्णय गरेको हो । यस्तै बैठकले इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय पनि गरेको छ । यस्तै इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम सरकारले इजरायलमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने

सुदूरपश्चिम सरकारले इजरायलमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने

कैलाली । सुदुरपश्चिम प्रदेश सरकारले इजरायलमा मृत्यु भएका विद्यार्थीका परिवारलाई प्रति विद्यार्थी रु. दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक विज्ञप्ति जारी गर्दै इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीको परिवारलाई राहत स्वरुप प्रदेश सरकारले रु दुई लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । ‘नेपालबाट (लर्न एन्ड अर्न) कार्यक्रम अन्तरगत इजरायलमा विद्रोही समूहको आक्रमणबाट दिवंगत हुनुभएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट प्रति विद्यार्थी राहत स्वरुप रू. २ लाख उपलब्ध गराइनेछ ।’ विज्ञप्तिमा भनिएको छ । साथै मुख्यमन्त्री शाहले इजरायलमा सम्पर्कविहीन, घाइते विद्यार्थीहरुको शीघ्र खोज तथा उद्धार गरी…
पुरा पढ्नुहाेस्
मौसम क्रमशः रुपमा बाहिरीदै

मौसम क्रमशः रुपमा बाहिरीदै

काठमाडौँ । हाल देशबाट क्रममा रुपमा मौसम बाहिरी रहेको छ । जस अनुसार यस वर्षको मनसुन आइतबारदेखि दिन नेपालको कर्णाली प्रदेशको अधिकांश भू-भाग तथा लुम्बिनी प्रदेशको पश्चिम भू-भागबाट पनि बाहिरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भागबाट भने मनसुन गत असोज १९ गते  नै बाहिरिएको थियो । हाल नेपालको पूर्वी तथा मध्य भागमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
तुइनको डोरी चुडिँदा कर्णालीमा खसेका पुरूष बेपत्ता

तुइनको डोरी चुडिँदा कर्णालीमा खसेका पुरूष बेपत्ता

सिमकोट । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा  ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार ल्याप्चेमा रहेको (खडीखेत) घाटमा तुइनबाट खसेर बेपत्ता भएका हुन्। कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा विभिन्न १८ निर्माण समूहले काम गर्दै आएका थिए। उनको…
पुरा पढ्नुहाेस्
एमाले सुदूरपश्चिमको प्रथम अधिवेशन ११ बजेबाट सुरु

एमाले सुदूरपश्चिमको प्रथम अधिवेशन ११ बजेबाट सुरु

कैलाली । नेकपा एमालेको सुदूर पश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट धनगढीमा सुरु हुँदै छ । अधिवेशनको धनगढी स्थित सौराइ ब्यांक्वाइटमा ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । प्रदेश अधिवेशनका लागि पार्टीका महासचिव शङ्कर पोखरेल, पार्टीका सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रीय सदस्यहरू उपस्थित हुने छन् । भट्ट, विश्वकर्मा र थापा लगायतका केही नेताहरू धनगढी पुगिसकेका छन् भने अध्यक्ष ओली सहितको केही नेताहरू अहिले बिहान ८ बजेको बुद्ध एयरको जहाजमार्फत धनगढी…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । नेपालमा हाल बङ्गलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। यी तीन  प्रदेशका थोरै स्थानहरूमा र मधेस तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पुरा पढ्नुहाेस्
भजनीमा आज बाट वडा स्तरीय फुटबल प्रतियोगिता शुरू

भजनीमा आज बाट वडा स्तरीय फुटबल प्रतियोगिता शुरू

भजनी । कैलालीको भजनी नगरपालिकामा आज शनिबार बाट वडा स्तरीय फुटबल प्रतियोगिता आज देखि शुरू भएको छ । न्यू सनराइज युवा क्लबका अध्यक्ष मुकेश कुमार चौधरीको सभापतित्वमा भएको प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी रहनु भएको थियो । यस्तै विशिष्ट अतिथि भजनी -२ नम्बरका वडा अध्यक्ष दुर्गा पुन, अतिथिमा सुदुरपश्चिम क्लबका संस्थापक अध्यक्ष सुरेश हमाल रहनु भएको थियो । न्यू सनराइज युवा क्लबका सचिव शंकर बिकको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तिहरू, युवा क्लबका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । खेलकुद प्रतियोगिता भजनी नगरपालिका वडा नम्बर -२ को आर्थिक सहयोग…
पुरा पढ्नुहाेस्
बसन्त मुरारी नमूना मा.वि. को शिक्षक अभिभावक संगठनको अध्यक्षमा विश्वकर्मा

बसन्त मुरारी नमूना मा.वि. को शिक्षक अभिभावक संगठनको अध्यक्षमा विश्वकर्मा

बदगोरिया । श्री बसन्त मुरारी नमूना माध्यमिक विद्यालयको शिक्षक अभिभावक संगठनको अध्यक्ष मा लाल सिंह विश्वकर्मा चयन भएका छन । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक कुँवरको अध्यक्षतामा भएको भेलाबाट विश्वकर्मा शिक्षक अभिभावक संगठनको अध्यक्ष चयन भएका हुन । यस्तै सदस्यहरुमा अमर बहादुर बम, झिरकुल नेपाली, पार्वती देवी जैशी, नामसरा सार्की, अमर सिंह भण्डारी, सिता सुनार, कला देवी सदाशंकर, र प्रेम प्रसाद ढुंगाना चयन भएका हुन ।
पुरा पढ्नुहाेस्
बर्दगोरियाले सुरु गर्‍यो जोशीपुर, भजनी सडक खण्डको मर्मतसम्भार कार्य

बर्दगोरियाले सुरु गर्‍यो जोशीपुर, भजनी सडक खण्डको मर्मतसम्भार कार्य

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका हुँदै दक्षिण जोशीपुर, भजनी जोड्ने सडकको मर्मतसम्भार कार्य शुरु गरिएको छ । उक्त सडक खण्ड अन्तरगत बर्दगोरिया गाउँपालिकाले आफ्नो पालिका भित्र पर्ने सडक खण्डको मर्मतसम्भार कार्य शुरु गरेको हो । वर्षातको समयमा परेको पानीले गर्दा सडकमा परेका खाल्डाखुल्डीले गर्दा दैनिक रुपमा आवतजावतमा गर्ने यात्रुहरू निकै समस्या हुने गरेको थियो । सडकमा परेका खाल्डाखुल्डीले गर्दा यात्रुहरुलाई आवतजावत गर्न मात्र समस्या नभई दुर्घटनाको पनि उत्तिकै जोखिम गरेको थियो । जसलाई मध्ये नजरगर्दै बर्दगोरिया गाउँपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने सडकमा परेका खाल्डाखुल्डी मा ग्राभेल गर्दै रोलरले पेल्दै मर्मतसम्भार कार्य अगाडि बढाएको हो । जसले गर्दा नजिकिदै गरेको चाडपर्वमा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया- ६ मा आँखा चेकजाँच तथा रक्तदान कार्यक्रम सम्पन्न, ३ सय बढीले लिए सेवा

बर्दगोरिया- ६ मा आँखा चेकजाँच तथा रक्तदान कार्यक्रम सम्पन्न, ३ सय बढीले लिए सेवा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा एक दिने नि:शुल्क आँखा चेकजाँच तथा रक्त दान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बर्दगोरिया ईभेण्ट एण्ड मार्केटिङ प्रा.लि. को आयोजनामा भएको उक्त एक दिने नि:शुल्क आँखा चेकजाँच तथा रक्त दान सफलता पुर्वक सम्पन्न भएको कार्यक्रम संचालक संयोजन हरेन्द्र चौधरीले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम बाट ३७३ जनाले आँखा चेकजाँच गराई सेवा लिएका छन । जसमा प्रायःजसो जेष्ठ नागरिक हरु रहेको उनले नौलो प्रेस डटकमलाई जानकारी दिए । यस्तै सोही कार्यक्रम सँगै संचालन भएको रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका हुन । कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर…
पुरा पढ्नुहाेस्