बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्थाको २५ औ वार्षिक साधारणसभा सम्पन्न
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ सन्तोषि टोलमा रहेको श्री बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीवार संस्थाका अध्यक्ष उमाशङ्कर अवस्थीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर रहनुभएको थियो भने विशिस्ट अथितिमा पालिका उपाध्यक्ष गणेश राज गिरि(लालदीप) रहनुभएको थियो । साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवरले पालिकाभित्र रहेका सबै सहकारी संस्थाको वृद्धि विकासका लागि आफुले गर्न सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । पालिका अध्यक्ष कुवरले सरकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताए । उनले सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताउदै…

















