आज साउनको पहिलो सोमबार स् किन गरिन्छ शिवजीको पूजा तथा आराधना ?
काठमाडौँ । श्रावण महिना शिवभक्तहरूको विशेष महिना मानिन्छ । श्रावण महिनाको विधिपूर्वक सोमबार व्रत गर्नुपर्दछ । समर्थ व्यक्तिले उपवास गर्नुपर्दछ । अथवा नक्तभोजन गर्नुपर्दछ । विशेष गरेर प्रदोष आदि गुणले सम्पन्न श्रावणको सोमबारका दिन शिव पूजाको ठुलो महत्त्व छ । प्रदोष आदि नभए पनि सोमबारका दिन शिवको पूजा तथा आराधना गर्नुपर्दछ । यसरी जसले श्रावणको सोमबारका दिन भगवान् शिवको आराधना गर्दछन् तिनीहरूका निमित्त इहलोक र परलोकमा दुर्लभ भन्ने वस्तु हुँदैन । सोमबारको व्रत लिने मानिसले पवित्र भएर आफ्ना इन्द्रियहरूमाथि संयम गरी वैदिक अथवा लौकिक मन्त्रहरूद्वारा विधिवत् शिवको पूजा गर्नुपर्दछ । ब्रह्मचारी, गृहस्थ, विवाहित वा अविवाहित नारीले सोमबारको दिन…
















