नाैलाेप्रेस डेस्क

822 Posts
नेकपा (माओवादी केन्द्र) जानकी गाउँ कमिटी द्धारा उम्मेदवारीको नाम सिफारिस

नेकपा (माओवादी केन्द्र) जानकी गाउँ कमिटी द्धारा उम्मेदवारीको नाम सिफारिस

२३ भाद्र २०७९, कैलाली । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) जानकी गाउँपालिका पार्टी कमिटीले उम्मेदवारीको नाम सिफारिस गरेको छ । जानकी गाउँपालिका गाउँ कमिटी अध्यक्ष ज्ञान बहादुर कँवर (सौरभ) को अध्यक्षतामा बसेको पार्टी पदाधिकारीको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फका लागि उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ भगत बडुवाल (मुक्ति), नन्द बहादुर साउद (राजेन्द्र) को नाम सिफारिस गरेको छ । निर्वाचन क्षेत्र प्रदेश तर्फ प्रत्यक्ष बाट कृष्ण सोडारी को नाम सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र प्रदेश तर्फ समानुपातिक बाट राम कृष्ण थारु (गणेश),…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा कक्षा ८ मा उत्कृष्ट (जिएपिए) ल्याउने विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार वितरण

बर्दगोरियामा कक्षा ८ मा उत्कृष्ट (जिएपिए) ल्याउने विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार वितरण

२३, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिकाले आधारभुत कक्षा ८ को परिक्षामा उत्कृष्ट (जिएपिए) नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार वितरण गरेको छ । शैक्षिक सत्र २०७८ को परिक्षामा आधारभुत कक्षा ८ को परिक्षामा उत्कृष्ट (जिएपिए) नतिजा ल्याउन सफल यहाँका ८ ओटा सामुदायिक विद्यालयका २४ जना छात्रछात्रालाई छात्रवृत्ति पुरस्कार प्रदान गरेको हो । बर्दगोरिया गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहिवार एक कार्यक्रमका बिच प्रत्येक ८ ओटा सामुदायिक विद्यालयबाट प्रति विद्यालयबाट ३/३ जना गरि २४ विद्याथीलाई सो पुरस्कार प्रदान गरिएको हो । पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति पालिका अध्यक्ष कर्ण बहादुर कुवर रहेका थिए…
पुरा पढ्नुहाेस्
एमाले कर्णाली प्रदेशको निर्णय; जिल्लाबाट आएका सिफारिस केन्द्रमा पठाउने

एमाले कर्णाली प्रदेशको निर्णय; जिल्लाबाट आएका सिफारिस केन्द्रमा पठाउने

२३, भाद्र २०७९ सुर्खेत । मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले कर्णाली प्रदेशले जिल्लाबाट उम्मेदवार सिफारिस नाम केन्द्रमा पठाउने निर्णय गरेको छ । एमाले कर्णाली प्रदेश कमिटीले बुधबार हिजो भाद्र २१ र २२ गते वीरेन्द्रनगरमा बसेको बैठकले सो निर्णय गरेको हो । पार्टी प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा जिल्लाहरूबाट प्राप्त प्रत्यक्ष र समानुपातिक तर्फका सिफारिसलाई पार्टी केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरिएको हो । प्रदेश अध्यक्ष बिनोद कुमार शाहको संयोजकत्वमा ३ सय १४ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र…
पुरा पढ्नुहाेस्
नेकपा (माओवाद केन्द्र) कैलाली क्षेत्र नम्बर २ ले गर्‍यो उम्मेदवारीको नाम सिफारिस

नेकपा (माओवाद केन्द्र) कैलाली क्षेत्र नम्बर २ ले गर्‍यो उम्मेदवारीको नाम सिफारिस

२३ भाद्र २०७९, कैलाली । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) कैलालीले क्षेत्र नम्बर २ ले उम्मेदवारीको नाम सिफारिस गरेको छ । बिहिवार कैलालीको लम्की चुहा नगरपालिकाको पार्टी कार्यालयमा बसेको बैठकले कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फका लागि उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ भगत बडुवाल, लाल बदादुर सोडारी, दुर्गा बडुवाल को नाम सिफारिस गरेको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ कमल खनाल, कृष्णा बडुवाल ज्ञवाली, दिपक चौधरी (कम्लहरी), प्रेम बहादुर बयक (अपाङ्ग), विशाल पहराई, भगवती देवि डगौरा को नाम सिफारिसमा परेका…
पुरा पढ्नुहाेस्
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ। जसका कारण प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ। बिहीबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।…
पुरा पढ्नुहाेस्
कैलाली २ (ख): माओवाद केन्द्रबाट युवा नेता साउदको दाबी

कैलाली २ (ख): माओवाद केन्द्रबाट युवा नेता साउदको दाबी

२२, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । आगामी मंसिर ४ गते हुने संघिय र प्रदेश शभाको निर्वाचनका अहिले विभिन्न राजौतिक दलका नेता कार्यक्रताले आफ्नो उम्मेदवारी अगाडी बढाउन थालेका छन । सोहि अनुसार नेकपा (माओवादी केन्द्र) का नेता कार्यक्रताले पनि आफ्नो उम्मेदवारी दिन थालेका थालेका छन । जस अनुसार कैलालीको बर्दगोरिया गाउँपालिका बाट आगामी मंसिर ४ गते हुने लागेको सँघ र प्रदेसको निर्वाचनमा कैलाली क्षेत्र न.२ (ख) गठबन्धनको तर्फबाट (माओवादी केन्द्र) का शसक्त, जुझारु, कर्तव्यनिष्ट युवा नेता प्रमोद साउदले आफ्नो उम्मेदवारी दिन थालेका थालेका हुन । बुधबार नौलो प्रेस सँग कुरा गर्दै पार्टीमा सकृय भुमिका खेल्दै आएका साउदले प्रत्येक्ष निवार्चन प्रणाली तर्फ…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा असोज ५ देखि फुटबल प्रतियोगिता हुँदै, तयारी तिब्र, (फोटोफिचर)

बर्दगोरियामा असोज ५ देखि फुटबल प्रतियोगिता हुँदै, तयारी तिब्र, (फोटोफिचर)

२२, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउपालिकामा असोज ५ गते देखि बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिता हुने भएको छ । सडकपुर बौनिया युवा क्लबको आयोजनामा बिगतका बर्षमा हुँदै आएको फुटबल प्रतियोगिताले यस बर्ष पनि निरन्तरता पाउने भएको हो । बिगत ४ संस्करण सफल रुपमा सम्पन्न गरेको क्लबले यस पटक पाँचौ बर्दगोरिया सेतिलोक मार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिता गर्न लागेको हो । फुटबल प्रतियोगिताको मिति नजिकिदै गरेपछि प्रतियोगिता लाई सफल पार्न तयारी लाई तिब्रता दिएको क्लबका अध्यक्ष जीवन वि सि ले जानकारी दिए । जस अनुसार क्लबले खेल मैदान सरसफाइ तथा मर्मत कार्यलाई पनि प्राथमिकतामा…
पुरा पढ्नुहाेस्
आज भाद्र २३ गते बिहीवार, तपाईको राशिफल

आज भाद्र २३ गते बिहीवार, तपाईको राशिफल

आज २०७९ भाद्र २३ गते, बिहीवार, ८ सेप्टेम्बर २०२२। भाद्र शुक्लपक्ष त्रयोदशी तिथि । राशिफल अनुसार तपाईको आजको दिन कस्तो रहला ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आर्थिक समस्याले मानसिक चिन्ता सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि…
पुरा पढ्नुहाेस्
मोहन्याल गाउँपालिकाले पायो न्याय, अध्यक्ष उपाध्याय कार्यालयमा हाजिर हुदैं

मोहन्याल गाउँपालिकाले पायो न्याय, अध्यक्ष उपाध्याय कार्यालयमा हाजिर हुदैं

२२ भाद्र २०७९ कैलाली । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय गाउँपालिका कार्यालयमा हाजिर हुने भएका छन । बुधबार सर्वोच अदालतले उनलाई यस अघिको निर्णयलाई खारेज गर्दै निरन्तर रुपमा पालिकामा हाजिर भई जनताको हितमा रहि पालिकाको काम कार्वाहिलाई अगाडी बढाउन निर्देशन दिए पछि उपाध्याय गाउँपालिका कार्यालयमा हाजिर हुने भएका हुन । स्थानिय तहको निर्वाचन २०७९ मा निर्वाचित पालिका अध्यक्ष उपाध्यायलाई भ्रष्टाचार मुद्दा विशेष अदालतमा भएका बेला स्वतः निलम्बनमा परेको भन्दै कुनै पनि अधिकार प्रयोग नगर्न गत जेठ २९ गते निर्वाचन आयोगले निर्देशन जारी गरेको थियो । निर्वाचन आयोगले निर्देशन पछि उनी पालिकामा हाजिर हुन सकेका थिएनन । अध्यक्ष उपाध्यायले नौलो…
पुरा पढ्नुहाेस्
लम्की सांगितीक महोत्सवको तयारी तिव्र, ६० प्रतिशत काम सम्पन्न

लम्की सांगितीक महोत्सवको तयारी तिव्र, ६० प्रतिशत काम सम्पन्न

२२, भाद्र २०७९ कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा हुन लागेको लम्की सांगितीक महोत्सवको तयारी तिव्र रुपमा अगाडि बढेको छ । लम्की एफ.एम.को आयोजनामा यहि भाद्र ३० गते देखि असोज ९ गते सम्म हुन लागेको उक्त लम्की सांगितीक महोत्सव २०७९ को तयारी तिव्र रुपमा अगाडि बढाईएको आयोजकले जानकारी दिएको छ । महोत्सव मुल समिति संयोजक दिपक सुनारका अनुसार हाल सम्म महोत्सवको तयारी स्वरुप ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । आज नौलो प्रेस सङ्ग कुरा गर्दै उक्त कुरा बताएका हुन । बाकी रहेको कार्यलाई तप तिव्रता दिदै छिटैनै सम्पन्न हुने बताएका हुन । हाईबे मिडिया प्रा.लि. द्धारा सञ्चालित लम्की एफ.एम. ९२.१ मेघाहर्जको आयोजनामा भदौ ३०…
पुरा पढ्नुहाेस्