बर्दगोरियामा असोज ५ देखि फुटबल प्रतियोगिता हुँदै, तयारी तिब्र, (फोटोफिचर)

२२, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउपालिकामा असोज ५ गते देखि बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिता हुने भएको छ ।

सडकपुर बौनिया युवा क्लबको आयोजनामा बिगतका बर्षमा हुँदै आएको फुटबल प्रतियोगिताले यस बर्ष पनि निरन्तरता पाउने भएको हो । बिगत ४ संस्करण सफल रुपमा सम्पन्न गरेको क्लबले यस पटक पाँचौ बर्दगोरिया सेतिलोक मार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिता गर्न लागेको हो ।

फुटबल प्रतियोगिताको मिति नजिकिदै गरेपछि प्रतियोगिता लाई सफल पार्न तयारी लाई तिब्रता दिएको क्लबका अध्यक्ष जीवन वि सि ले जानकारी दिए । जस अनुसार क्लबले खेल मैदान सरसफाइ तथा मर्मत कार्यलाई पनि प्राथमिकतामा दिएको बताए ।

प्रतियोगिताको तयारीका लागि क्लबले विभिन्न समुहमा समूह विभाजन गरेको छ । जस अनुसार अन्य समुहले पनि आ आफ्नो कामलाई तिव्रता दिएको बताए ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को मुडा खेल मैदानमा हुन लागेको उक्त फुटबल प्रतियोगिताको खेल मैदान सरसफाइ तथा मर्मत कार्यलाई वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले समेत सहयोग गरेका हुन । सहयोगका क्रममा वडा अध्यक्ष शाहीले आफ्नो पालिकाको पहिचानका रुपमा रहेको उक्त फुटबल प्रतियोगिता सम्पन्न पार्न आफ्नो निरन्तर साथ र सहयोगमा रहने बताए ।

फोटोफिचर ..

.

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार