नाैलाेप्रेस डेस्क

822 Posts
बर्दगोरिया-३ र ४ जोड्ने नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन, (फोटो फिचर)

बर्दगोरिया-३ र ४ जोड्ने नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन, (फोटो फिचर)

बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को बुटकौवा र वडा नम्बर ४ को नौनिया जोड्ने नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । पालिकाको पहलमा सङ्घिय सरकारको लगानीमा बनेको पुलको बिहिवार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका हुन् । बर्दगोरिया गाउँपालिकाको १३ प्रतिशत ,संघीय सरकारको ८५ प्रतिशत र २ प्रतिशत जनश्रमदानबाट गरि ९८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको हो । पुलको उद्घाटन गर्दै पालिका अध्यक्ष कुवरले झोलुङ्गे पुल निर्माणपछि स्थानीयलाई आवत–जावतमा सहजता हुने बताउँदै आफ्नो नेतृत्वले यहाँको दिगो विकासलाई प्राथमिकता दिएको दाबी गरे । झोलुङ्गे पुल बनेपछि बर्षौदेखि वडा नम्बर ३ बासीले खेप्नु परेको समस्या अब…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा अपांगता सम्बन्धि सामाग्री वितरण (फोटोफिचर)

बर्दगोरिया-५ मा अपांगता सम्बन्धि सामाग्री वितरण (फोटोफिचर)

बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा अपांग भएका नागरिकहरुलाई अपांगता सामाग्री वितरण गरिएको छ । बिहिवार पालिकाको वडा नम्बर ५ कोईलिभुरुवाले आफ्नो वडा भित्र रहेका अपांग नागरिकहरुलाई उनीहरुको आवस्यकता अनुसार अपांगता सामाग्री वितरण गरेको हो । वडा कार्यालयले आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेट बाट उक्त सामाग्री वितरण गरिएको वडा अध्यक्ष भोलेराम चौधरीले जानकारी दिए । उनका अनुसार आफ्नो वडाका अपांगता भएका नागरिकहरुले आफुलाई दिएको सुझाव तथा माग लाई मध्यनजर गर्दै आफुहरुले आफ्नो वडाले वार्षिक कार्यक्रम अनुसार उक्त सामाग्री वितरण गरेको बताए । जस अनुसार १० ओटा ह्युईल चियर, ४ ओटा छडी र १ ओटा बैसाकी वितरण गरिएको हो ।…
पुरा पढ्नुहाेस्
कैलालीको घोडाघोडीमा फागुन १८ गते देखि महोत्सव हुदै

कैलालीको घोडाघोडीमा फागुन १८ गते देखि महोत्सव हुदै

पदम राज ओझा / बौनिया । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी उद्योग बाणिज्य संघको आयोजनामा सुखडको हेलि प्याडमा घोडाघोडी महोत्सव २०७९ हुने भएको छ । "कला संस्कृतिक कृषि, पर्यटन र व्यापार ,समृद्ध घोडाघोडी बिकाशको आधार" भन्ने नाराका साथ संघको आयोजनामा फागुन १८ गते देखि २८ गते सम्म महोत्सव सञ्चालन गरीने महोत्सव मुल समिति संयोजक तथा घोडाघोडी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा दत्त जोशिले पत्रकार सम्मेलनमा बताए । विश्व रामसार सुचिमा पर्न सफल पर्यटकीय क्षेत्रका रुपमा रहेको घोडाघोडी तालको प्रचारप्रसारका लागी महोत्सव गर्न लागिएको बताउदै महोत्सवमा यस क्षेत्रका सांस्कृति भेषभुसा झल्कीने स्थानिय कलासंस्कृतिको पर्दशन गरिनुका साथै ब्यापारीक, ब्यावसायिक र कृर्षि स्टल समेत…
पुरा पढ्नुहाेस्
एलपीएल : प्रकाश जैशिको उत्कृष्ट प्रदर्शनमा बालबाटिका विद्यामन्दिर बौनिया विजयी

एलपीएल : प्रकाश जैशिको उत्कृष्ट प्रदर्शनमा बालबाटिका विद्यामन्दिर बौनिया विजयी

धनगढी । धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करणमा आज भएको खेलमा बालबाटिका बिद्या मन्दिर बौनियाले बिजयी सुरुवात गरेको छ । बालबाटिकाको जितमा प्रकाश जैशीले अर्धसतकीए सानदार पारी खेलेका छन् । प्रतियोगितामा ४ खेल सम्पन्न हुँदासम्म उनले पहिलो खेलमै अविजित ७८ रनको सानदार अर्धसतकीय पारी खेलेका हुन् । जारी संस्करणमा यो नै पहिलो अर्धसतक हो । टस जितेर पहिले ब्याटिङ गरेको बालबाटिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ८८ रन बनाउन सफल भएको थिए । बालबाटिकाका लागि यु १९ खेलाडी प्रकाश जोशिले २६ बलमा ६ चौका र ७ छक्काको मद्दतमा अबिजित…
पुरा पढ्नुहाेस्
जनआन्दोलन,जनयुद्धमा घाइते तथा अपाङ्गता भएका ब्यक्तिहरुका लागि लम्कीमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम

जनआन्दोलन,जनयुद्धमा घाइते तथा अपाङ्गता भएका ब्यक्तिहरुका लागि लम्कीमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम

लम्की कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा जनआन्दोलन,जनयुद्धमा घाइते भएका तथा अपाङ्गता भएका ब्यक्तिहरुला लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रमको आयोजना गरिएको छ ।लम्कीचुह नगरपालिकाको आयोजना तथा सामाजिक बिकास मन्त्रालय प्रादेशिक स्वास्थ प्रवर्द्धन केन्द्र सुदूरपश्चिम प्रदेशको आयोजनामा अपाङ्ग चेतना समाजको कार्यालय भल्कामा स्वास्थ्य प्रवर्द्धन कार्यक्रमको आयोजना गरिएको हो । प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख हेमराज खड्काको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा न ५ का वडाअध्यक्ष माया बिष्ट रहेकी थिइन ।कार्यक्रमको विशिष्ट अतिथिमा अपाङ्ग चेतना समाजका अध्यक्ष प्रेम बयक रहेका थिए भने कार्यक्रममा २२ जना जनआन्दोलन, जनयुद्धमा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य अवस्था जाँच तथा स्वस्थ जीवनशैलीका लागि स्वास्थ्य व्यवहार…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण आज देशका पहाडी भू-भागका केही स्थानहरूमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । सोमबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।  त्यस्तै मंगलबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक
पुरा पढ्नुहाेस्
बर्दगोरियामा बिषयगत शाखाको जिम्मेवारी बाडफाड,, प्रबताको जिम्मेवारी मिथुन गौतमलाई

बर्दगोरियामा बिषयगत शाखाको जिम्मेवारी बाडफाड,, प्रबताको जिम्मेवारी मिथुन गौतमलाई

बौनिया । बर्दगोरिया गाउपालिका कार्यपालिकाको बैठकले गाउपालिका अन्तर्गत रहने बिषयगत शाखाको जिम्मेवारि वडा अध्यक्षहरुलाई बाडफाड गरेको । बर्दगोरिया गाउपालिकाको प्रबक्तामा मिथुन गौतमलाई तोकिएको छ । २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बर्दगोरिया गाउपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदमा नेकपा एमाले बाट निर्वाचित गौतमलाई सामाजिक बिकास शाखाको संयोजकको जिम्मेवारी समेत पाएका छन । सो जिम्मेवारी सहित गौतमलाई आइतबार बसेको कार्यपालिकाको बैठकले गाउँ पालिकाको प्रबक्ता समेतको जिम्मेवारी दिईएको हो । २०३३ सालमा चौकुने गाउपालिका २ धनरास सुर्खेतमा जन्मिए का गौतम विद्यार्थी जीवनमा राष्ट्रिय नव जागृत माध्यमिक बिधालय हिरापुर चुहा कैलालीमा २०४८ सालमा कक्षा ९ मा अध्यनरत हुदा अनेरास्ववियुमा…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान, तत्काल वर्षाको सम्भावना छैन

मौसम पूर्वानुमान, तत्काल वर्षाको सम्भावना छैन

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू(भागमा आंशिक बदली रही तराईका धेरै भू(भागहरुमा हुस्सु लागेको छ। आज दिउँसो प्रदेश एकका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एकको हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहनेछ । तत्काल देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । प्रदेश एकका हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको र तराईका भू(भागमा लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा…
पुरा पढ्नुहाेस्
आज राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन

आज राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन

काठमाडौँ । आज राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ बजेदेखि ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । सङ्घीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो । राष्ट्रिय सभा उपाध्यक्षमा विपक्षी गठबन्धनको तर्फबाट कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ । सत्ता गठबन्धनले पनि आजै उम्मेदवार तय गर्ने तयारी गरेको छ ।
पुरा पढ्नुहाेस्
धनगढी आउदै गरेको जिप दुर्घटनाः तिन जना घाईते

धनगढी आउदै गरेको जिप दुर्घटनाः तिन जना घाईते

धनगढी : कैलालीको खानीडाँडामा जिप दुर्घटना भएको छ। डडेल्धुराको जोगबुढाबाट धनगढी आउदै गरेको सु.प.प्र. ०१००१ ज १३६१ नम्बरको जिप शनिवार राति दुर्घटना भएको हो। जिप दुर्घटनामा परि घाईते हुनेमा जिप चालक बैतडीको पुर्चौडी नगरपालिका–६ का ३१ वर्षीय इश्वरदत्त पन्त र जिपमा सवार डडेल्धुराको परशुराम नगरपालिका–५ का ४१ वर्षीय लालबहादुर खड्का रहेका छन। प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार उनीहरुको अत्तरियाको पद्मा अस्पतालमा उपचार भरहेको छ। दुर्घटनाको कारण भने खुलेको छैन।
पुरा पढ्नुहाेस्