नाैलाेप्रेस डेस्क

822 Posts
बर्दगोरिया-६ मा शुक्रबार १ दिने नि:शुल्क आँखा जाँच शिविर संचालन हुँदै

बर्दगोरिया-६ मा शुक्रबार १ दिने नि:शुल्क आँखा जाँच शिविर संचालन हुँदै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा एक दिने निःशुल्क आँखा जाँच शिविर संचालन हुने भएको छ । च्यारिटि हेल्थ फाउन्डेसन नेपाल र बर्दगोरिया गाउँपालिकाको कार्यलाय मुडा कैलालीको समन्वय तथा श्री कृष्ण आँखा अस्पतालको प्राबिधिक सहयोग भोलि बैशाख १५ गतेका दिन १ दिने नि:शुल्क आँखा जाँच शिविर संचालन हुने भएको हो । उक्त आँखा जाच शिविर बाट वडाका कोहि पनि नागरिक नछुटुन भन्दै वडाले आज नै एक सुचना जारि गर्दै सम्पुर्ण वडाका नागरिकहरुलाई जानकारी गराएको वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले जानकारी दिए । उनका अनुसार उक्त आँखा जाच शिविर शुक्रबार भोलि बिहान १० बजे…
पुरा पढ्नुहाेस्
नेपाल दलित मुक्तिमार्चाको प्रदेश सम्मेलन धनगढीमा समपन्न

नेपाल दलित मुक्तिमार्चाको प्रदेश सम्मेलन धनगढीमा समपन्न

कैलाली । नेपाल दलित मुक्तिमार्चाको सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लाका दलितहरुको उल्लेखनिय सहभागितामा आइतबार सम्मेलन सम्पन्न भएको हो । सम्मेलनका प्रमुख अतिथि एवम् नेपाल दलित मुक्तिमोर्चाका केन्द्रीय फ्याक्सन इन्चार्ज परशुराम रम्तेलले शासन व्यवस्थामा परिवर्तन आएपनि दलित समुदायको जीवन व्यवहारमा सोचेजस्तो परिवर्तन नआएको बताए । समाजमा अहिलेपनि जातीय छुवाछूतका घटनाले दलित समुदायले आत्मसम्मानका साथ बाँच्न नपाएको रम्तेलले बताए । मोर्चाका केन्द्रीय संयोजक एवम् विशिष्ट अतिथि दलजीत श्रीपालीले सामाजिक विभेदका विरुद्ध सबै एक भएर आवाज उठाउनुपर्ने बताए । कानुनको सही तरिकाले कार्यन्वयन नभएसम्म समाजमा विभेद यथावत रहीरहने भएकोले सरकारले कानुनको कार्यन्वयन गर्नुपर्नेमा उनले जोड…
पुरा पढ्नुहाेस्
पत्रकार विक र महिला नेतृ विसीको दम्पती सम्मानित

पत्रकार विक र महिला नेतृ विसीको दम्पती सम्मानित

बर्दगोरिया । अन्तरजातीय विवाह गरेका नमुना जोडीलाई सम्मान गरिएको छ । नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेश समितिले अन्तरजातीय विवाह गरेका पत्रकार धनराज विक (अविरल) र जनकलाकार एवम् नेतृ विष्ना विसी (सपना)को नमुना जोडीलाई आईतबार धनगढीमा सम्मान गरिएको हो । नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनका प्रमुख अतिथि एवम् नेपाल दलित मुक्तिमोर्चाका केन्द्रीय फ्याक्सन इन्चार्ज परशुराम रम्तेल र मोर्चाका केन्द्रीय संयोजक एवम् विशिष्ट अतिथि दलजीत श्रीपालीले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेश संयोजक बिनिता ओडले अन्तरजातीय विवाह गरि सामाजिक विद्रोह गरेका जोडीको सामाजिक योगदानको मूल्यांकन र कदर गर्दै सम्मानन गरिएको बताईन् । परिवर्तनको सुरुवात…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा वृहत योग विज्ञान महोत्सव २०८० शुरु (फोटोफिचर)

बर्दगोरियामा वृहत योग विज्ञान महोत्सव २०८० शुरु (फोटोफिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा वृहत योग विज्ञान महोत्सव २०८० शुरु भएको छ  । पतंजलि योग नेपाल तथा बर्दगोरिया गाउँपालिकाको आयोजनमा बैशाख १५ गते सम्म संचालन हुन लागेको उक्त योग विज्ञान महोत्सव २०८० को आज बैशाख ०९ गते औपचारिक रुपमा उद्घाटन भएको हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम प्रमुख आथित्यमा उक्त महोत्सव शुरु भएको हो । महोत्सव उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता मिथुन गौतमले योग गरौ निरोगी बनौ भन्ने राष्ट्रिय नाराले बर्दगोरिया गाउँपालिकामा पनि स्थान पाएको बताए । पछिल्लो समयमा आम नागरिकले दैनिक…
पुरा पढ्नुहाेस्
तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना

तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना

कैलाली । सुदुरपश्चिम प्रदेश लगाए देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जनाएको छ। यस्तै आज अपरान्ह पछि पश्चिम तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको समेत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखा अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली रहने छ । यस्तै आज दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा…
पुरा पढ्नुहाेस्
देशभर थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

देशभर थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमित बाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०६ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशाला मार्फत १ हजार ८८३ जनाको नमुना परीक्षण गर्दा थप १०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा सडक पानी पिचको काम शुरु; पालिका उपाध्यक्ष द्वारा अनुगमन

बर्दगोरियामा सडक पानी पिचको काम शुरु; पालिका उपाध्यक्ष द्वारा अनुगमन

८, बैशाख २०८० बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले रोड पानी पिचको काम शुचारु गरेको छ । सोमबार मात्र गाउँपालिकाले आफुले खरिद गरेका गाडीहरु औपचारिक रुपमा संचालन मा ल्याएको थियो । गाडीहरु संचालन मा ल्याए सङ्गै पालिकाले पालिका भरका मुख्य ग्राबेल सडक हरुको पानी पिचको काम सुचारु गरेको हो । जस अन्तरगत पालिकाले पहिलो चरणमा वडा नम्बर ५ बाट उक्त रोड पानी पिचको कार्य शुरु गरेको हो । पानी पिचको काम शुचारु भए सँगै गाउँपालिकाको अनुगमन टोलिले समेत अनुगमनको कार्यलाई तिब्रता दिएको छ । जस अनुसार शुक्रबार गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गणेश राज गिरि, वडा नम्बर १ का वडा…
पुरा पढ्नुहाेस्
सुदुरपश्चिम लगाए देशभरको मौसम आंशिक देखी सामान्य बदली, तराईमा हावाहुरीको सम्भावना

सुदुरपश्चिम लगाए देशभरको मौसम आंशिक देखी सामान्य बदली, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । सुदुरपश्चिम लगाए देशभरका केही स्थानको मौसम आंशिक देखी सामान्य बदली रहेको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव कायमै रहेको हुँदा सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। यस्तै तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। आज राति देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको  सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया ६ मा उत्कृष्ट महिला स्वास्थ्य आमा समूहलाई सामग्री वितरण

बर्दगोरिया ६ मा उत्कृष्ट महिला स्वास्थ्य आमा समूहलाई सामग्री वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा उत्कृष्ट महिला स्वास्थ्य आमा समूहलाई सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । चालू आर्थिक वर्ष २०७९ / ०८० को विनियोजित बजेट मध्य उत्कृष्ट महिला स्वास्थ्य आमा समूहलाई सामग्री वितरण अन्तर्गत छनौटको लागि सूचना आव्हान गर्दा रितपूर्वक निवेदन परेको ३ समूह मध्य उत्कृष्ट भएको वडा नम्बर ६ तुल्सीपुमा रहेको ज्योती स्वास्थ्य महिला आमा समूहलाई उक्त सामग्री वितरण गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु (रञ्जितले) बताउनु भयो ।   ज्योती स्वास्थ्य महिला आमा समूहकी अध्यक्ष सिता चौधरीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि वर्दगोरिया गाउँपालिका वडा नं ६ का अध्यक्ष…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा बेमौसमी आलु खेती  भित्र्याउने कार्य शुरु

बर्दगोरियामा बेमौसमी आलु खेती भित्र्याउने कार्य शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरोया गाउँपालिकामा लगाइएको बेमौसमी आलु खेली यति खेर भित्र्याउने कार्य चलिरहेको छ । गाउँपालिकाको कृषि बिकास शाखाले गत माघमा ५० प्रतिशत अनुदानमा कृषक हरुलाई उक्त बेमौसमी खुमल सेतो १ र खुमल सेतो २ जातको आलु वितरण गरेको थियो । सो आलु खेतिको सोमबार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर, उपाध्यक्ष गणेश राज गिरि, वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी लगाएका जनप्रतिनिधि तथा कृषि विकास शाखा प्रमुख झन्कर रावत लगाएको टोलीले अनुगमन गरेको थियो । सो अनुगमनका क्रममा सुन्दरी चौधरी कठरियाले आफुहरु जस्तो कृषि पेशामा लागिरहेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा यस्ता बेमौसमी तरकारी खेतिको विउ दिई कृषि…
पुरा पढ्नुहाेस्