बर्दगोरिया-६ मा दिया देवारी सांस्कृतिक कार्यक्रम २०७९ हुने
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउंपालिका ६ जगतपुरमा तिहार तथा छठ पर्बको अवसरमा दिया देवारी सांस्कृतिक कार्यक्रम २०७९ हुने भएको छ । भाषा, कला, संस्कृतिके करी सम्मान । भेषभुषा, कला, संस्कृति हमार पहिचान ।। भन्ने मुल नाराका साथ हरेक बर्षझैं आयोजना हुने कार्यक्रम यस बर्ष पनि कार्तिक १३ गते आयोजना हुन लागेको हो । बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि. को आयोजना तथा श्री जनआकृति बाल क्लबको सहकार्यमा कार्यक्रम हुने बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि.का प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले जानकारी दिएका छन । कार्यक्रमलाई नेपालकै प्रतिष्ठित कम्पनि चौधरी ग्रुपको सि जी ब्रुअरी प्रा. लि. ले मुख्य प्रायोजकको रुपमा प्रायोजन गरेको छ…















