नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव, केहि स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू(भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू९भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश नं १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। यी तीन प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि भाइटीकाको दिन प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा शुक्रबार पनि हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार