आज तिहारको मुख्य दिन भाइटिका: टिकाको शुभ साइत ११:३७
काठमाडौं । आज नेपालीहरुको दोस्रो ठुलो चाडको मुख्य दिन तिहार अर्थात भाई टिका । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया आजकै दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै मनाइन्छ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका…