सुदुरपश्चिम विशेष

डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु

कैलाली । डोटीको आदर्श गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गाउँपालिका वडा नम्बर ३ की ४२ वर्षीया बसन्ती भट्ट रहेकी छन । उनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कर्यालय डोटीले भने यस विषयमा बुझ्ने प्रयास भइरहेको बताएको छ।
पुरा पढ्नुहाेस्
तराईमा बाक्लो हुस्सु तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

तराईमा बाक्लो हुस्सु तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

२० पुस काठमाडौं । देशभर हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही मध्य तराईका धेरै भू–भागहरुमा बाक्लो हुस्सु लागेको छ। आज दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति प्रदेश १ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार भने प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागमा हल्का हिमपात र मध्य तराईका धेरै भू–भागहरुमा बाक्लो हुस्सुलाग्ने हुँदा दैनिक जीवन र सडक तथा हवाई यातायातमा…
पुरा पढ्नुहाेस्
यस्तो छ आज बिदेशी मुद्राको विनिमय दर

यस्तो छ आज बिदेशी मुद्राको विनिमय दर

२० पौष, काठमाडौं । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मुद्रा दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ६३ पैसा र बिक्री दर १४० रुपैयाँ २६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। कुन देशको मुद्राको दर कति रु कति ?
पुरा पढ्नुहाेस्
गृहमन्त्री लामिछानेले दिए नेपाल टी–२० लिगबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन

गृहमन्त्री लामिछानेले दिए नेपाल टी–२० लिगबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन

१९ पुष काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे चासो दिएको छ । ९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्ने गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् । गृहमन्त्रीको सचिवालयका अनुसार मन्त्री लामिछाने आफैंले प्रतियोगिताबारे सार्वजनिक भइरहेका तथ्यहरुमा चासो राख्दै मंगलबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)मार्फत अनुसन्धानका लागि निर्देशन दिएका हुन् । मन्त्रालयको निर्देशनअनुसार सीआईबीले मंगलबारदेखि नै आफ्नो जिम्मेवारी सुरु गरिसकेको छ । सट्टेबाजी घरहरु…
पुरा पढ्नुहाेस्
बर्दगोरिया मा १ महिने एड्भान्स सिलाईकटाई तालिम शुरु

बर्दगोरिया मा १ महिने एड्भान्स सिलाईकटाई तालिम शुरु

१९, पौष, बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा पुरानो उद्यमीहरुको स्तर उन्नतिका लागी १ महिने एड्भान्स सिलाईकटाई तालिम शुरु भएको छ । (more…)
पुरा पढ्नुहाेस्
डडेलधुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व 

डडेलधुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व 

कैलाली । डडेलधुरा सहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व भएको छ। ३३ केभी प्रसारण लाइनको तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका अनुसार ३३ केभी प्रसारण लाइनअन्तर्गत डोटीको घण्टेश्वरमा तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको हो।
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री दाहालले पुस २६ मा विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले पुस २६ मा विश्वासको मत लिने

काठमाडौँ । संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ मा विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले संघीय संसदका महासचिवलाई पत्रचार गरी पुस २६ गते विश्वासको मत लिने भएकाले यसको व्यवस्थापन मिलाउन आग्रह गर्नुभएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० गते मात्र प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । २ सय ७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १ सय ३८ सांसदको समर्थन लिनुपर्दछ । संघीय संसदको पहिलो बैठक पौस २५ गते बोलाईएको छ…
पुरा पढ्नुहाेस्
तराईमा हुस्सु, पहाडी भूभागमा आंशिक बदली

तराईमा हुस्सु, पहाडी भूभागमा आंशिक बदली

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसका कारण पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ । यस्तै आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पुरा पढ्नुहाेस्
संयुक्त दलित कृषि अभियान सहकारी संस्था लिमिटेडको ८ औ बार्षिक साधारण सभा सम्पन्न

संयुक्त दलित कृषि अभियान सहकारी संस्था लिमिटेडको ८ औ बार्षिक साधारण सभा सम्पन्न

लम्की कैलाली । संयुक्त दलित कृषि अभियान सहकारी संस्था लिमिटेडको ८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । लम्कीचुहा नगरपालिका वडा नं.१ मा रहेको सहकारी संस्थाको ८ औ बार्षिक साधारण सभा शनिवार एक कार्यक्रमका बिच  सम्पन्न भएको हो । सहकारी संस्थाका अध्यक्ष चन्द्र बहादुर बि.क को अध्यक्षतामा आयोगित बार्षिक साधारण सभाका प्रमुुख अथिति लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशिला शाही रहेकी थिइन । कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले सहकारी संस्थाले जनमुखी कार्यक्रम ल्याए त्यसलाई कार्यन्वयन गर्ने गर्ने जिम्मा नगरपालिकाको हुने बताएकी छन । कार्यक्रमको बिशिष्ट अथितिमा लम्कीचुहा नगरपालिकाकी नगर उपप्रमुख जुना चौधरी रहेकी थिइन । अथितिमा वडा नं.१ का वडाअध्यक्ष…
पुरा पढ्नुहाेस्
नवदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गड्तोला

नवदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गड्तोला

लम्की कैलाली । कैलालीको लम्कीमा रहेको नवदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । डिल्ली गड्तोलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यकार्यसमिति निर्विरोध  चयन गर्दै संस्थाको २१ औ बार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यसमिति उपाध्यक्षमा पुष्पा कुमारी शर्मा,सचिवमा गोरख बहादुर बटाला,कोषाध्यक्षमा देबकी कार्की,सदस्यमा लक्ष्मी प्रसाद न्यौपाने,मोति प्रसाद उपाध्याय,लक्ष्मण प्रसाल रेग्मी,कृष्ण प्रसाद न्यौपाने,श्रीकृष्ण चौधरी,देबिधरा उपाध्याय र सरस्वती खत्री निर्विरोध चयन भएका छन । सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद गड्तोलाको अध्यक्षताका आयोजित साधारण सभाका प्रमुख अथिति लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाही रहेकी थिइन । बिशिष्ट अथितिमा लम्कीचुहा नगरपालिकाकी नगर उपप्रमुख जुना चौधरी…
पुरा पढ्नुहाेस्