श्री न्यु ज्योति आधारभूत विद्यालय रानिकुण्डाले गर्‍यो सामाजिक लेखा परीक्षण सार्बजनिक

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानिकुण्डामा संचालित श्री न्यु ज्योति आधारभूत विद्यालयले आर्थिक वर्ष २०७८/७९ को सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको छ ।

विहिबार अभिभावकसहितको उपस्थितिमा बिधालयले आर्थिक वर्ष २०७८/०७९ को सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको हो ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर बिकको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य रहेका थिए ।

कार्यक्रममा प्रमुख अथिती आचार्यले आफुहरुले निर्वाचनका बेला जनतामाझ गरेका वाचा अनुसार निरन्तर काम गरेको बताए । जस मध्य शिक्षा क्षेत्र पनि एक रहेको बताउदै शिक्षामा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न आफुहरुले एक गृह कार्यगर्दै अगाडि बढने बताए ।

बिधालयका शिक्षक उपेन्द्र सुनारको स्वागत मन्तव्य सङ्गै शुरु भएको कार्यक्रमको संचालन प्र.अ नवराज टमट्टाले गरेका थिए । 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार