श्री राष्ट्रिय नव जागृत मा.विले समय भन्दा पनि आउने शिक्षक तथा बिद्यार्थीलाई बिधालय प्रवेशमा रोक

कैलाली । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० मा हरेको श्री राष्ट्रिय नव जागृत माध्यमिकले बिधालय समय अवधि भन्दा पछी आउने शिक्षक र विद्यार्थी लाई बिधालय हता भित्र प्रवेश गर्न रोक लगाएको छ ।

बिध्यालयको बिहान शैक्षिक गुणस्तरलाई थप व्यबस्तित बनाउन उक्त नियमलाई प्राथमिकताका साथ अगाडि बढाएको बिधालय व्यवस्थापन समिति का अध्यक्ष नेत्र भण्डारी जानकारी दिए।

उनका अनुसार बिधालय समय बिहान १० बजे भित्र बिद्यालयमा प्रवेश नगर्ने शिक्षक तथा विद्यार्थीलाई बिधालय प्रवेशमा रोक लगाइएको छ । उनले भने बिद्यालयको समय भनेको बिहान १०

देखि ४ बजे सम्म कायम भएको भए पनि आफु खुसी बिद्यालयमा आउने र बाहिर जाने प्रक्रिया रहेको हुँदा बिद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सम्भव नभएको हुँदा आफ्नो कार्य समितिले उक्त नियम कायम गरेको हो ।

उक्त नियम लाई शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुले अनिवार्य रुपमा पालना गर्नु पर्ने अन्यथा बिद्यालयमा प्रवेश गर्न नदिने हुँदा उक्त कार्यको स्वयं शिक्षक, शिक्षिका तथा विद्यार्थीहरु जिम्मेवार रहने बताए ।

यस्तै बिधालयमा प्रवेश गरेपश्चात नियमित रुपमा आफ्नो पठनपाठन कार्यमा कुनै आनाकानी नगरि अध्ययन तथा अध्यापन गर्न शिक्षक, शिक्षिका तथा विद्यार्थीहरु निर्देश दिएको बिधालयका प्रधानाध्यापक बिजय लाल कर्णले बताए । उनले भने नयाँ बिद्यालय व्यवस्थापन समिति गठन भए सङ्गै आफुलाई समेत बिद्यालय व्यवस्थापन तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा थप सहज पुगेको छ ।

त्यस्तै शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुलाई अनिवार्य पोशाकमा समेत कडाई गरिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार