बर्दगोरिया-६ मा भव्य रुपमा मनाइयो २८ औं जनयुद्ध दिवस (फोटो सहित)
१, फागुन २०७९ कैलाली । नेकपा माओवादी बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ ले २८ औं जनयुद्ध दिवस मनाएको छ । "सन्सारका मजदुर एक हौं" भन्ने मुल नारा सहित २८ औं जनयुद्ध दिवस वडाको सुगुरखाल स्थित भक्तिनियाडाडामा भव्य रुपमा मनाइएको हो । कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य बिमला सिह प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै उनले जनयुद्धकै बलमा देशमा राजनीतिक परिवर्तन आएको दाबी गर्दै त्यसको परिवर्तनको रक्षाका लागि सबैले एक जुट भएर लाग्नु पर्नेमा जोड दिइन । साथै माओवादीले तत्कालीन समय जनयुद्ध सञ्चालन नगरेको भए अहिलेको संघीयता, गणतन्त्र, समावेशीजस्ता राजनीतिक उपलब्धि प्राप्त हुनै नसक्ने बताउदै अहिले…


















