नागरिता विधेयक खारेजिको माग गर्दै बौनियामा राष्ट्रिय युवा संघ नेपालले गर्‍यो बिरोध प्रदर्शन

बर्दगोरिया । राष्ट्रिय युवा संघ नेपाल बर्दगोरिया गाउकमिटिले नागरिता विधेयक खारेजिको माग गर्दै बौनियामा बिरोध प्रदर्शन गरेको छ । सनिवार बेलुका राष्ट्रिय युवा संघ नेपालले बिरोध प्रदर्शन सहित राके जुलुस निकालेको हो ।

युवा संघले रास्टघाती नागरिता विधेयक खारेज गर, भारतिय बिस्तारबाद मुर्दाबाद ,प्रचण्ड सरकार मुर्दाबाद,नालायक रास्ट्रपति राजिनामा दे जस्ता नारा लगाएरका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपालका निबर्तमान अध्यक्ष राजेन्द्र रावलले नागरिता विधेयक खारेज नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिए । उनले भने नागरिकता विधेयक आम जनताको पक्षमा छैन ,त्यसैले तत्काल खारेज गर्नुपर्छ ।

सोही कार्यक्रममा युवा नेता तारमान कुँवरले बिराटनगर र लुम्बिनी भारतिय नयाँ संसद भवनको नक्सामा समेटिनु रास्ट्रहित बिपरित भएको बताए । उनले भने तत्काल नेपाल सरकारले न सच्च्याए थप कडा आन्दोलन गर्ने चेतावनी दिए ।

बिरोध कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका जिल्ला प्रतिनिधि ,स्थानिय युवाहरुको सहभागिता रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार