मौसम पूर्वानुमान : पहाडी भू-भागमा हल्का वर्षा

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । पछिल्लो समय देशभरको तापक्रम बढेकोले गर्मीबाट बच्न सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार