बालबालिकाको पोषण स्तर वृद्धि गर्न बर्दगोरियामा कुखुराको अण्डा वितरण

बर्दगोरिय। बर्दगोरिया गाउपालिका स्वास्थ्य शाखाले पोषण स्थिती सुधार कार्यक्रमका लागि सुत्केरी महिलाहरुलाई अण्डा बितरण गरेको छ ।


मंगलबार पालिकाको वडा नम्बर ३ स्वास्थ्य ईकाई केन्द्रमा आयोजित वृद्धि अनुगमन गराउन आउने बालबालिकाहरुलाई १ क्यारेटका दरले अण्डा बितरण गरिएको हो ।

कार्यक्रमको उद्देश्य बारेमा जानकारी गराउदै स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले वृद्धि अनुगमन बालबालिकाको तौल बढे नबढेको पत्ता लगाउन गरिने हुदा सबैले प्रत्येक महिना हुने तौल कार्यक्रममा सहभागिता जनाउन आग्रह गर्नुभयो ।

प्रत्येक महिना गरिने तौलले बच्चा कोपोषित भए नभएको पत्ता लगाउन र कुपोषित नहुन भन्ने उद्देश्यले पोषण स्थिति बढाउन अण्डा बितरण गरिएको बताए ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बालबालिकाको पोषण सुधार गर्न र कोहि बालबालिका पनि कुपोषित नहुन भन्ने उद्देश्यले अण्डा बितरण गरिएको बताए ।

पालिका अध्यक्ष कुँवरले बालबालिकाहरुलाई नियमित चेकजाँच गराउन आग्रह गर्दै उनिहरुलाई मानसिक र शारीरिक हिसाबले तन्दुरुस्त राख्न नियमित खानपिनमा ध्यान दिन अभिभावकहरुलाई आग्रह समेत गर्नु भयो ।

सोहि कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष गणेश राज गिरिले सरकारले चालेको राम्रो काममा स्थानियले पनि साथ दिन आवश्यक रहेको बताए ।

आफू र आफ्ना बालबालिकाको स्वास्थ्य अवस्था बारे बुझ्न नियमित चेकजाँच गराउन सुत्केरी महिलाहरुलाई आग्रह गर्नु भयो । बच्चाको वृद्धि बिकास भएको छ या छैन त्यसैले तपाईले नियमित स्वास्थ्य ईकाइ र टोल टोलमा हुने तौल कार्यक्रमा सहभागी हुन आवश्यक रहेको उपाध्यक्ष गिरिले बताए ।

कार्यक्रम स्वास्थ्य इकाई केन्द्र व्यवस्थापन समिती संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष मनऋषी आचार्यको सभापतित्वमा भएको थियो भने कार्यक्रमको संचालन स्वास्थ्य इकाई केन्द्र रानिकुण्डाका प्रमुख भरत रसाईलिले गर्नु भएको थियो । मंगलबार वडा नम्बर ३ का ९० जना गत साउन यता सुत्केरी भएका महिलाहरुलाई अण्डाक बितरण गरिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार