पालिका अध्यक्ष कुँवर द्वारा बर्दगोरिया ३ मा सम्पन्न राधाकृष्ण डिप ट्युवेल सिचाइ बोरिङ्को उद्घाटन
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ३ बुट्कौवा स्थित राधाकृष्ण डिप ट्युवेल सिचाइ बोरिङको पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले स्विच बटन दाब्दै उद्घाटन गर्नुभएको छ । बिहीवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवर ,वडा अध्यक्ष मनऋषी आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । महाकाली सिचाई योजनाबाट बिनियोजित करिब १ करोड लागतमा सो सिचाइ योजना बनेको हो । सो बोरिङ बनेपछी त्यस क्षेत्रका करिब २ सय घरधुरीलाई सिचाई गर्न सहज हुने छ । उद्घाटन गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सिचाईका लागि बनेको उक्त बोरिङ्गले यस क्षेत्रका जनतालाई अब उपरान्त आकाशे पानिको भर नपर्नु पर्ने बताउनु भयो । पालिका अध्यक्ष कुँवरले…


















