सुर्खेत । नगर माइक्रो बस सेवा सञ्चालनमा आएसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा यात्रुहरुले सुलभ भाडादर घुम्न पाउने भएका छन ।
वीरेन्द्रनगर नगरपालिकाले हिजो मात्र एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त नगर माइक्रोबस सेवाको उद्घाटन गरेको हो ।
नगर माइक्रोबस अहिले मुख्यतः चार लेन सडकको धुलियाबिटबाट मङ्गलगढी–यरिचोक हुँदै मूलपानी चोकबाट प्रदेश अस्पताल भएर बाङ्गेसिमलसम्म पुग्ने गरी सञ्चालनमा ल्याइएको छ ।
हाल दस माइक्रो बस १०–१० मिनेटको फरकमा छुट्याइने छ । सुर्खेतमा अटोरिक्सामा प्रतिकिलोमिटर ५० रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्म भाडा लिने गरेकामा नगर बस अब २० रुपैयाँ भाडादर तोकेको छ ।