सुदुरपश्चिम विशेष

श्री भैरवमाला राष्ट्रिय मा.वि सुगरखालको वि.व्य.स. अध्यक्षमा जैसी सर्वसम्मत चयन

श्री भैरवमाला राष्ट्रिय मा.वि सुगरखालको वि.व्य.स. अध्यक्षमा जैसी सर्वसम्मत चयन

बाैनिया/ कैलालीको मोहन्याल गाउँपालिका  वडा नम्बर ३ सुगरखाल  स्थित श्री भैरवमाला राष्ट्रिय माध्यमिक विद्यालय सुगरखालको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुरेन्द्र प्रशाद जैसी सर्वसम्मत चयन भएका छन। आइतबार विद्यालयका जेष्ठ सदस्य कर्णकला देवकोटाको अध्यक्षता बसेको बैठकले जैशीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । जस्को सदस्यहरुमा लक्ष्मी देवि देवकोटा, देविराम जैसी, कर्णकला देवकोटा र मनोनीत सदस्यहरुमा, रविलाल देवकोटा र दुधसरा देवि जैसी रहेका छ्न । जेष्ठ १९ गते जेष्ठ सदस्य सर्पनन्द चौलागाईंको अध्यक्षतामा बसेको अभिभावक भेलाले साविक सुगरखाल गाउँ बिकास समिती वडा नम्बर ३,४,५ र ६ वडा १/१ जना सहित निर्वाचित ४ जना सदस्य निर्वाचित गरेको थियो । शिक्षक प्रतिनिधि र वडा बाट…
पुरा पढ्नुहाेस्
वीरेन्द्रनगरले ल्यायो आफ्नै नगर बस संचालनमा; अब २० रुपैयाँमै घुम्न पाइने

वीरेन्द्रनगरले ल्यायो आफ्नै नगर बस संचालनमा; अब २० रुपैयाँमै घुम्न पाइने

सुर्खेत । नगर माइक्रो बस सेवा सञ्चालनमा आएसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा यात्रुहरुले सुलभ भाडादर घुम्न पाउने भएका छन । वीरेन्द्रनगर नगरपालिकाले हिजो मात्र एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त नगर माइक्रोबस सेवाको उद्घाटन गरेको हो । नगर माइक्रोबस अहिले मुख्यतः चार लेन सडकको धुलियाबिटबाट मङ्गलगढी–यरिचोक हुँदै मूलपानी चोकबाट प्रदेश अस्पताल भएर बाङ्गेसिमलसम्म पुग्ने गरी सञ्चालनमा ल्याइएको छ । हाल दस माइक्रो बस १०–१० मिनेटको फरकमा छुट्याइने छ । सुर्खेतमा अटोरिक्सामा प्रतिकिलोमिटर ५० रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्म भाडा लिने गरेकामा नगर बस अब २० रुपैयाँ भाडादर तोकेको छ ।
पुरा पढ्नुहाेस्
आजको मौसम : कैलाली, कञ्चनपुर लगाएका केही जिल्लामा गर्मीको सम्भावना यथावत्

आजको मौसम : कैलाली, कञ्चनपुर लगाएका केही जिल्लामा गर्मीको सम्भावना यथावत्

काठमाडौँ । देशमा मनसुन सुरु भएपनि पुर्ण रुपमा अझै सक्रिय हुन सकेको छैन । जसको प्रभावले देशका अधिकांश स्थानमा अझै तातो हावा चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी जिल्लामा थोरै तापक्रम घटे तापनि गर्मीको सम्भावना भने यथावत् रहने जनाएको छ । यि भू-भागहरूमा आज र भोलि सम्म तातो लहरको सम्भावना यथावत् रहने देखिन्छ । यस्तै महाशाखाका अनुसार देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि…
पुरा पढ्नुहाेस्

जोशिपुर गाउँपालिकाले दियो १३ दिन गर्मी बिदा

बर्दगोरिया । कैलालीको जोशिपुर गाउपालिका भित्रका विद्यालयमा १३ दिनका लागि गर्मी बिदा दिइएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै असार ३ गते देखि असार १५ गते सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाले एक सुचना जारी गर्दै गर्मीयाम लागेसंगै तापक्रम अत्याधिक वृद्धि भइ विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना भएकाले वर्षे बिदाबाट मिलान हुने गरी गर्मी बिदा दिइएको उल्लेख गरेको छ । पालिकाले जोशिपुर गाउबासीहरुमा गर्मी र लु बाट बच्न सावधानी अपनाउन अनुरोध गरेको छ । तराइका जिल्लामा अत्याधिक गर्मी बढेपछि पछिल्लो समय विद्यालयले धमाधम बिदा दिन थालेका छन्।
पुरा पढ्नुहाेस्
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेशसहित देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा…
पुरा पढ्नुहाेस्

लम्कीचुहा-१० मा बाख्रा वितरण: प्रदेश सरकारको विश्वासको पात्र बन्नु पर्छ समुह; सांसद चौधरी

लम्की । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० मा रहेको श्री कालिका भगवती दलित कृषि समुहलाई बाख्रा वितरण गरिएको छ । सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजित वार्षिक कार्यक्रम अन्तरगत उक्त बाख्रा वितरण गरिएको हो । उक्त बाख्रा आज कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) प्रदेश सांसद रामेश्वर चौधरीको प्रमुख आतिथ्य र लम्की चुहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्क बहादुर कठरियाको बिशिष्ट आतिथ्यमा वितरण गरिएको हो । समुहका २२ जना सदस्य लाई प्रति व्यक्त १ वटा बाख्राका दरले वितरण गरिएको हो । कार्यक्रममा वडा नम्बर १० का वडा सदस्य भेटेरिनरि अस्पताल तथा पशु…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-३ मा पानीमा डुवेर एक बालको मृत्यु

बर्दगोरिया-३ मा पानीमा डुवेर एक बालको मृत्यु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्षण बिकका ९ वर्षीया छोरा अमर बिक रहेको इलाका प्रहरी कार्यालय सडकपुर बौनियाले जनाएको छ । प्रहरीका अनुसार उनको नदिमा नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको हो । शव अहिले बर्दगोरिया अस्पताल प्रा.लिमा रहेको र घटना बारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम समाज माल्टाको अध्यक्षमा दिपक ठगुन्ना चयन

सुदूरपश्चिम समाज माल्टाको अध्यक्षमा दिपक ठगुन्ना चयन

कैलाली । सुदूरपश्चिम समाज माल्टाको अध्यक्षमा समाजसेवी दिपक सिंह ठगुन्ना सर्वसम्मत चयन भएकाछन् । जुन ४ तारिख २०२३ जेष्ठ २१ गते माल्टामा भएको सदूरपश्चिम भेलाबाट सुदूरपश्चिम घरभई हाल माल्टामा बस्दै आएका ठगुन्ना अध्यक्षमा सर्वसम्मत चयन भएकाहुन् । सुदूरपश्चिमबाट युरोपको माल्टामा रोजगारीको सिलसिलामा गएका नेपालीहरुको हकहितको लागि काम गर्न र अफ्ठयारोमा साथ दिनको लागि सुदूरपश्चिम समाज माल्टा गठन गरिएको अध्यक्ष ठगुन्नाले बताए । नरेन्द्र बहादुर पाण्डेको अध्यक्षतामा भएको भेलाले दिपक सिंह ठगुन्नाको अध्यक्षतामा १३ सदस्सीय कार्यसमिति सर्वसम्मत गठन गरेको हो । समाजको उपाध्यक्षमा जनक कुँवर, महिला उपाध्यक्ष तबिता क्षेत्री, महासचिब शिब बिक (शिशिर) सचिब सुमित महरा रहेकाछन् । सदस्यमा क्रमशः गणेश…
पुरा पढ्नुहाेस्
पालिका उपाध्यक्ष गिरिको दिनहुँ अनुगमन,बिकासको दुर्त मार्गमा बर्दगोरिया

पालिका उपाध्यक्ष गिरिको दिनहुँ अनुगमन,बिकासको दुर्त मार्गमा बर्दगोरिया

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाका यतिबेला धमाधम सडक सुधारको अभियानमा छ । सडक सुधार अभियान संगै पालिका उपाध्यक्ष गणेश राज गिरिको अनुगमनले पनि तिब्रता पाएको छ । ग्राईभेल भएका पुरना कच्ची सडकमा परेका खाल्डाखुल्डीका कारण आम नागरिकमा परेको समस्यालाई मध्य नजर गर्दै स्थानिय सरकार सडक सुधार अभियानमा लागेको हो । मंगलबार उपाध्यक्ष गणेश राज गिरि र वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहीले वडा नम्बर ४ पुरैना ताल जाने सडकमा भइ रहेको पानी पिच संगै गैरिगाउ खानेपानीमा निर्माणाधीन ओभर ट्यान्की, वडा नम्बर ४ मै निर्माणाधिन कालोपत्र सडक र थारु समुदायको मरुवा लगाएतको अनुगमन गर्नु भएको छ । कच्ची सडक र…
पुरा पढ्नुहाेस्

बर्दगोरिया-५ ठाकुरद्वारामा ठाकुरद्वारा शिव मन्दिरको उद्घाटन 

बौनिया । सुदुरपश्चिम प्रदेश साङसद रामेश्वर चौधरीले बर्दगोरियाको समग्र विकास र समृद्धिका लागि आफू अहोरात्र खटिएको बताएका छ्न । विकास र समृद्धिको मार्गमा अगाडि बढेको बर्दगोरिया गाउँपालिकालाई नमूनाका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहेको बताए । सोमबार कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ ठाकुरद्वारामा प्रदेश सरकारको लगानीमा निर्माण भएको ठाकुरद्वारा शिव मन्दिरको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन । मन्दिरको उद्घाटन गर्दै कैलाली निर्वाचन क्षेत्र २ बाट निर्वाचित साङ्सद चौधरीले कसैलाई काखापाखा नगरी समग्र क्षेत्रमा विकास र निर्माणको मार्गलाई अगाडि बढाउने प्रतिबद्धता जनाए । कार्यक्रमको प्रमुख अथितिका रूपमा रहेका साङ्सद चौधरीले बर्दगोरियाको धार्मिक तथा सास्कृतिक, पर्यटन पुर्वाधार ,कृषि र…
पुरा पढ्नुहाेस्