सुदुरपश्चिम विशेष

सशुल्क प्रसारण हुने विदेशी च्यानल साउन १ देखि बन्द

सशुल्क प्रसारण हुने विदेशी च्यानल साउन १ देखि बन्द

काठमाडौँ ।  सरकारले साउन १ गतेदेखि सबै सशुल्क रुपमा प्रसारण हुने विदेशी च्यानल बन्द गर्ने भएको छ । सूचना तथा प्रसारण विभागले एक विज्ञप्ति जारी गर्दै ‘आलाकार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरूको प्याकेजहरू प्राप्त नभएले बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ । भारतीय सशुल्क अर्थात पे टिभी च्यानल प्रसारक संस्थाहरूले नेपालको ‘ आलाकार्ट ’ प्रणाली लागू गर्न सहयोग नगरेको सरकारको आरोप छ । आलाकार्ट शुल्क प्रणाली भनेको उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्ने प्रणाली भएकोले यो उपभोक्तालाई हित हुने प्रणाली हो । यो प्रणाली छिमेकी देश लगायत विश्वका धेरै मुलुकमा प्रचलनमा छ । भारतीय च्यानलहरूको छाता सङ्गठन…
पुरा पढ्नुहाेस्
कैलाली-कंचनपुरका राना थारु समुदायका महिलाले तीज पर्व भदौ २ मा मनाउने

कैलाली-कंचनपुरका राना थारु समुदायका महिलाले तीज पर्व भदौ २ मा मनाउने

कञ्चनपुर । कैलाली–कञ्चनपुरका मुल निवासी राना थारु समुदायका महिलाले श्रावण शुक्लपक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आगामी भदौ २ गते मनाउने भएका छन् । श्रावण महिनाको शुक्लपक्षको तृतीया तिथिमा मलमास परेपछि तीज पर्व भदौ २ गते मनाउने निर्णय गरिएको नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले बताए । “राना थारु समुदायको तिथि, मितिअनुसार यो वर्ष लौध (मलामास) पर्नाले तीज पर्व एक महिना पछि मनाउने निर्णय गरिएको छ”, उनले भने, “राना थारु समुदायका अगुवा भलमन्सा, पध्नालगायत अन्य सरकोरावालालाई जानकारी गराइएको छ ।” तीज पर्व राना थारु समुदायका महिलाको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । दिदीबहिनी र दाजुभाइ भतिजाको आत्मीयता बढाउने…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान; सुदुरपश्चिममा भारी वर्षा

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ। जसले गर्दा देशभर सामान्य देखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका थोरै स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन…
पुरा पढ्नुहाेस्
स्थानीयद्वारा घोडाघोडी-६ को वडा कार्यालयमा तालाबन्दी

स्थानीयद्वारा घोडाघोडी-६ को वडा कार्यालयमा तालाबन्दी

२९ असार,सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ बसन्ताको वडा कार्यालयमा तालाबन्दी गरिएको छ । वडा अध्यक्षले आर्थिक वर्ष २०८०/०८१ योजना छनोट गर्दा स्थानीयहरूसँग छलफल नगरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन । आर्थिक वर्ष २०८०/०८१ को वडामा विनियोजित बजेटमा वडा अध्यक्षले एकलौटी ढङ्गले वडामा बजेट विनियोजित गरेको हुँदा आफूहरूले वडा कार्यालयमा तालाबन्दी गर्न बाह्य स्थानीय बताउँछन् । पटक पटक वडाध्यक्ष सँग बसेर छलफल गर्दा पनि आफूहरूको मागको सुनाई नभएको उनीहरूको भनाई छ । जनताको आवश्यकता अनुसार सहमतिमा बजेट छुट्टाउन र जनगुनासोलाई सम्बोधन गर्न स्थानीयहरूको माग रहेको छ ।
पुरा पढ्नुहाेस्

सिएमसि नेपालद्वारा मानसिक स्वास्थ्य परिक्षण कार्यक्रम साहारा घरमा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको साहार घरमा १ दिने मानसिक स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । सिएमसि नेपालको सहयोगमा बिहीबार भएको एक दिने स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको हो । सिएमसी नेपाल मनोसामाजिक सुपरिवेक्षक एवन श्रेष्ठले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत रही सहारा घरमा रहेका बेसाहारा हरुको स्वास्थ्य परिक्षण गरेको बताए । उनका अनुसार स्वास्थ्य परिक्षणका साथै अत्यावश्यक स्वास्थ्य सामाग्री समेत दिइएको हो । उनले भने आफ्नो संस्थाले विशेष गरि लैङ्गकि हिंसा बाट प्रभावित व्यक्ति हरुलाई मनोसामाजिक परामर्श दिने, मानसिक अवस्था कमजोर भएका व्यक्तिहरुको उद्ववार गरि सम्बन्धि निकाय सम्म पुर्‍याउने र आवश्यकता अनुसार उनीहरुको लाई…
पुरा पढ्नुहाेस्
दोदोधरा अस्पतालमा पुग्यो एक्स-रे मेसिन; साउन महिनाबाट २४ सैं घण्टा सेवा प्रवाह

दोदोधरा अस्पतालमा पुग्यो एक्स-रे मेसिन; साउन महिनाबाट २४ सैं घण्टा सेवा प्रवाह

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको दोदोधरा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले एक्स-रे मेसिन दिएको छ । प्रदेश सरकारले ४१ लाख बराबरको मेसिन र अन्य उपकरणहरु दिएको हो । अस्पतालमा डिजिटल एक्स-रे मेसिन आए सँगै सेवा थप प्रभावकारी बन्दै जाने अपेक्षा गरिएको छ । उक्त मेसिन बिहीबार अस्पतालमा पुगेको भएपनि काठमाण्डौबाट प्राविधिक आउनु पर्ने भएकाले जडान गर्न भने केही दिन लाग्ने अस्पताल प्रशासनले जनाएको छ । देशभरका ५ सय बढी पालिकामा एकसाथ शिलान्यास गरिएका १५ शय्या आधारभूत अस्पताल मध्ये दोदोधारा अस्पतालमा भने निर्माणमा देशकै पहिलो बनेको थियो । निर्माण जस्तै गुणस्तरीय सेवा प्रवाहमा पनि नमुना र उत्कृष्ट बनाउने लक्ष्यका साथ गाउँपालिकाले…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान; देशभर हल्का देखि मध्यम वर्षा

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको मौसम हाल सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी  र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ। आज राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम…
पुरा पढ्नुहाेस्
बर्दगोरियाको एसइई परीक्षाको नतिजा, श्री महुन्याल मा.वि.का अर्जुन आचार्य बने जिल्ला स्तरको नतिजामा तेस्रो

बर्दगोरियाको एसइई परीक्षाको नतिजा, श्री महुन्याल मा.वि.का अर्जुन आचार्य बने जिल्ला स्तरको नतिजामा तेस्रो

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाबाट २०७९ को एसइई परीक्षामा सहभागी ९ जना विद्यार्थीले ए प्लस ल्याउन सफल भएका छन । उनीहरुले राष्ट्रिय परिक्षा बोर्डको ग्रेडिङ नतिजा प्रणाली अनुसार (३.६ देखि ४ जिपिए) भित्र आफ्नो नतिजा पार्दै ए प्लस ल्याउन सफल भएका हुन । यस्तै, २९ जना विद्यार्थी ए ग्रेड (३.२ देखि ३.६ जिपिए), ७१ जनाले बि प्लस (२.८ देखी ३.२ जिपिए) र ९६ जना बि ग्रेड (२.४ देखि २.८ जिपिए) ल्याइ उत्तीर्ण भएका छन् । यस्तै १ सय ५३ जनाले सी प्लस (२.० देखी २.४ जिपिए), १ सय ३७ जना सी ग्रेड (१.६ देखि २.० जिपिए), ६४ जनाले डी प्लस (१.२…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान; कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा भारी वर्षा

काठमाडौँ । देशमा हाल मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा  तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र  गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित…
पुरा पढ्नुहाेस्

प्रधानमन्त्री ‘प्रचण्ड’ पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सीता दाहालको आजै बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । ६९ वर्षीया दाहालको आज बिहान कार्डियाक अरेस्टका कारण निधन भएको हो । अन्तिम संस्कार अघि दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ ।
पुरा पढ्नुहाेस्